काठमाडौं- नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले जम्मू–कश्मीर प्रकरणमा साथ दिन नेपाललाई आग्रह गरेका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा पुरीले भने, “जम्मू–कश्मीरको आर्थिक समृद्धि र आतंकवाद समाप्तिका लागि यो कदम उठाइएको हो। भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीको सक्षमताले यो काम सम्पन्न भएको छ।”
कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका नेता तथा सांसदहरुलाई इंगित गर्दै पुरीले भने, “जम्मू–कश्मीरका जनताको हितका लागि भारत सरकारले उठाएको कदममा तपाईंहरुको पनि सहयोग रहनेछ। नेपाल भारतबीच रोटीबेटीको सम्बन्ध छँदैछ। आर्थिक राजनीतिक सम्बन्ध पनि छ।”
भारतीय जनता पार्टी (भाजपा)को पक्षमा बोलेका राजदूत पुरीले मोदी सरकारले भारतको अर्थतन्त्र दोब्बर बनाउन लागेको दाबी समेत गरे।
नेपाल–भारत सीमानामा रहेका संयुक्त चेकपोष्टबाट दुबै मुलुकलाई फाईदा भइरहेको बताउँदै पुरीले अगाडि भने, “पेट्रोलियम पाइपलाइनको काम भइसकेको छ। अब अमलेखगञ्जसम्म पेट्रोल आउनेछ, अगाडि तपाईंहरुले आफ्नो हिसावले विस्तार गर्नु होला।”
नेपालको जनविद्युत्को विकासमा भारतले ठूलो योगदान गरिरहेको दाबी गर्दै पुरीले नेपालको लोडसेडिङ हटाउन भारतले सहयोग गरेको बताए। अब नेपालमा उत्पादन हुने विद्युत् भारतले पनि प्रयोग गर्ने उनको भनाई थियो ।
जनकपुर–जयनगर रेल्वेको प्राविधिक काम केही दिनमै सम्पन्न भएपछि चाँडै रेलसेवा सञ्चालनमा आउने जानकारी दिदै राजदूत पुरीले पछिल्लो वर्ष भएको भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणले मुक्तिनाथ र जनकपुरमा पर्यटक बढेको बताए।
कार्यक्रमको आयोजना ‘फ्रि युथ डेमोक्रेटिक युनियन नेपाल’ले गरेको थियो। संस्थाका अध्यक्ष रवीन्द्र महतोले नेपाल भारतको सम्बन्धमा युवाहरुले महत्वपूर्ण भूमिका खेलेको बताएका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस