काठमाडाैं-सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक फेरि सरेको छ। पछिल्लो समय साउन १३ मा सचिवालयका बैठक भएको थियो। त्यसमा सहमति जुट्न नसकेपछि गृहकार्यका लागि साउन २८ गतेसम्मका लागि बैठक स्थगित गरिएको थियो।
साउन १३ को बैठकले केन्द्रीय सदस्यहरुको रुचि बुझेर त्यसैअनुसार जिम्मेवारी बाँडफाँटको निर्णय गर्नेमा सचिवालय स्तरका नेताबीच सहमति भएको थियो। नेकपाका ४४१ केन्द्रीय सदस्य छन्।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा उपचार गरेर सोमबार फर्किए पनि मंगलबारका लागि तय भएको बैठक गृहकार्य नपुगेको भन्दै फेरि स्थगित भएको हो।
नेकपा महासचिव विष्णु पौडेलकाअनुसार अब बिहीबार मात्रै सचिवालयको बैठक हुनेछ। ‘गृहकार्यका लागि समय चाहिएकाले बैठक सारिएको हो। अब बिहीबार बैठक हुन्छ,’ उनले भने, ‘छलफलहरु सकारात्मक रुपमा चलेका छन्। गृहकार्य गरेर त्यसलाई अन्तिम रुपमा दिन्छौं।’
स्कुल विभाग प्रमुखमा पूर्व एमाले र पूर्वमाओवादीले अडान नछोडेपछि नेकपाभित्र विभाग तथा आयोगहरुको जिम्मेवारी बाँडफाँटको विषय टुंगो लाग्न ढिलो भइरहेको छ।
पूर्वएमालेको भागमा संगठन र विदेशजस्तो महत्वपूर्ण विभाग परिसकेकाले स्कुल विभाग आफूले पाउनु पर्ने अडान पूर्वमाओवादीको छ। पूर्व एमाले स्कूल विभाग पूर्वमाओवादीलाई छोड्न तयार देखिँदैन।
नेकपाका ३३ विभाग मध्ये पूर्व एमालेले १८ र पूर्व माओवादीले १४ विभागको नेतृत्व गर्ने सहमति भएको छ। रणनीतिक रुपले महत्वपूर्ण मानिने स्कुल विभाग कसले लिने भन्ने भन्नेमा सहमति बन्न नसकेको हो।
२०७६ साउन ५ आइतबार बसेको नेकपा सचिवालय बैठकबाट एकै पटक जिल्ला इन्चार्ज तथा केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँट गर्ने एजेन्डा थियो। यो विषयमा पूर्व एमाले र पूर्व माओवादी दुवै पक्षबीच सहमति पनि भएको थियो।
साउन ७ गते बस्ने बैठकले जिम्मेवारी बाँडफाँट गर्ने बताइयो तर विवादको नसुल्झिँदा त्यसपछिका सबैजसो बैठक स्थगित भए। त्यो बीचमा स्कूल विभाग अध्यक्षले नै राख्ने र अरूमा जिम्मेवारी तोक्ने भनेर सहमति बने पनि त्यसले मूर्तरूप पाएन।
२०७६ साउन १३ गतेको सचिवालय बैठकले साउन २८ गतेसम्मका लागि बैठक स्थगित गरेको थियो। त्यसलगत्तै पार्टी अध्यक्ष पुष्पकमल दाहाल व्यक्तिगत भ्रमणमा दुबई उडेका थिए। साउन १६ गते प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुरतर्फ लागेका थिए।
प्रधानमन्त्री ओली १० दिनपछि सोमबार स्वदेश फर्किए पनि गृहकार्य नपुगेको भन्दै बैठक सारिएको हो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस