काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाकी सांसद शान्ता चौधरी कक्षा ११ मा भर्ना भएकी छिन्।
प्रतिनिधिसभामा नेकपाकी सचेतक समेत रहेकी चौधरीले फेसबुकमा एक स्टटास लेख्दै नयाँ बानेश्वरस्थित रत्नराज्य माविमा मानविकी संकाय अध्ययनका लागि भर्ना भएको जनाएकी हुन्।
उनले स्टाटसमा ढिलो गरी क्याम्पस पढ्न पाएकोमा केही दुःखेसो समेत पोखेकी छिन्। सांसद चौधरीले आफूलाइ यहाँसम्म आइपुग्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छिन्।
यस्तो छ उनको स्टाटस
प्रायः कक्षा ११ मा भर्ना हुने १५/१६ वर्षको उमेरमा हो। तर त्यो उमेरमा परिस्थितिले मलाई झोला बोकेर कलेज जानेहरुलाई टुलुटुलु हेरेर बस्ने बनायो, मुटु समातेर धरधरी रुने बनायो।
आज मात्रै नयाँ बानेश्वरस्थित रत्नराज्य माविको मानविकी संकायमा भर्ना भएको छु।
दु:खको सागर पौडिँदै गरेको मान्छे म, त्यही सागरबाट उतारेर मलाई संसार बुझ्न सक्ने र बिस्तारै मनभित्रका रहरहरु पूरा गर्न वातावरण निर्माण गरिदिने मेरो पार्टी तत्कालीन नेकपा(एमाले) अर्थात् हालको नेकपालाई हार्दिक धन्यवाद छ।
हृदयदेखि नै धन्यवाद छ अग्रज नेताहरुलाई, शुभेच्छुक साथीहरूलाई, आफन्तजनहरुलाई र शिक्षाको ज्योति दिएर बाटो देखाउँदै गर्नुहुने आदरणीय व्यक्तित्वहरुलाई।
इच्छा मेरो, साथ तपाईंहरुको। तत्परता मेरो, प्रेरणा तपाईंहरुको। गुन तिर्न नसकुँला तर अन्तिम स्वाससम्म सम्झिरहने छु तपाईंहरुको साथलाई र भनिरहने छु ‘आभारी छु’।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस