काठमाडौं – निर्माण घोषणा भएसँगै चर्चामा रहेको सिनेमाको हो ‘मारुनी’ । यो सिनेमाको सामेबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको थियो । सिनेमाको ट्रेलर सार्वजनिक भएसँगै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको भुमिकालाई लिएर निकै चर्चा परिचर्चा भैरहेको छ ।
यस्तै, सोमबार सिनेमाको ट्रेलर रिलिज कार्यक्रममा बोल्दै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले ‘मारुनी’को कथा सुन्दा आफू काम गर्न सक्छु या सक्दिनँ भनेर डराएको खुलासा गरेकी छिन् । साम्राज्ञीले भनिन्,–‘मारुनी’को भूमिका एकदमै राम्रो थियो । कथा सुनेपछि गर्नुपर्छ भन्ने पनि लाग्यो । तर, भूमिका यति शक्तिशाली थियो कि गर्न सक्छु या सक्दिनँ भनेर म डराएकी थिएँ ।’
सिनेमामा साम्राज्ञीका अलवा पुष्प खड्का र डेव्यु अभिनेत्री रेविका गुरुङको पनि मुख्य भुमिका रहेको छ । निर्देशक नेपाल र गोविन्द फुयाँलको कथा, पटकथा तथा संवाद लेखन रहेको सिनेमामा अर्जुन पोखरेल, दिपक बज्राचार्य र कृष्ण काफ्लेको संगीत रहेको छ । प्रविन सिंह, एन्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी, संजय ला।माको छायाँकन, मित्र डी गुरुको सम्पादन रहेको सिनेमामा आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेढाई, बिनोद भट्टराई र सुशील क्षेत्रीलगायतको अभिनय छ।
‘सिनेमाका निर्देशक नवल नेपाल र निर्मात्री पूनम गौतमसँग भेट भएपछि आफुमा आत्मविश्वास आएको थियो, साम्राज्ञीले भनिन् । मलाई सबैले बोल्ड अभिनेत्री भन्छन् । तर, मारुनीमा बोल्ड संवाद छ ।’ यसैले पनि मलाई निकै डर लागेको थियो । नवल नेपालको निर्देशनमा निर्माण भएको सिनेमालाई पुनम इन्टरटेनमेन्टको व्यानरमा पुनम गौतमले निर्माण गरेकी हुन् । पुनमलाई सिनेमा निर्माणमा राजा प्रधान, दर्शना केसी र मिना क्षेत्रीले सघाएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस