काठमाडौं-लामो समयदेखि तितो सम्बन्ध भएका नेकपा सचिवालय सदस्य वामदेव गौतम र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलबीच अहिले दूरी नजिकएको छ। गौतम जनताको बहुदलीय जनवादका पक्षमा उभिएपछि दूरी घटेको हो।
गौतमले जबजबारे भनेका छन्, ‘राजनीतिक अर्थशास्त्रमा जनताको बहुदलीय जनवादले थपेको योगदानको नाम हो क्रमिक आर्थिक विकास र त्यस्तै वैज्ञानिक समाजवादमा जनताको बहुदलीय जनवादले थपेको योगदानको नाम हो बहुलवादी खुला समाज।’
पोखरेल निकट केन्द्रीय सदस्य सूर्य थापाले पनि गौतम र पोखरेलबीच जबजमा विचार मिलेको स्वीकार गरेका छन्। उनी भन्छन्, ‘उहाँ सन्तुलनकारी विचारभन्दा बढी प्रायः हाइजम्प, लङ्जम्प र ट्रिपलजम्प हान्नुहुन्छ र पो ! त्यसैकारण कहिले जबज विश्वब्रह्माण्डभरि लागू हुन्छ त कहिले अब समाजवाद नै हो, जबजको काम छैन भनेको सुन्न सकिन्छ। यसपालि सन्तुलित व्याख्या र विश्लेषण गर्नुभएको छ। कतिपय असहमतिका बाबजुद सही विचारलाई त सही नै भन्नुपर्यो नि।’ थापा कुनै बेला गौतम निकट मानिन्थे। तर गौतमसँग विवाद परेपछि थापा पोखरेल निकट भएका हुन्।
पोखरेलले पार्टी एकतापछि पहिलोपल्ट जबजबारे मुख खोलेका थिए। उनले आफू जबजको विचारलाई लिएर देशव्यापी छलफलमा जाने बताएका थिए। यसैकारण पार्टी स्कुल विभागमा लफडा परेको थियो। जबजको डर पार्टीभित्र पसेपछि पूर्व माओवादीले उनलाई कुनै हालतमा स्कुल विभाग दिन नहुने अडान राखेका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस