धनगढी- अविरल बर्षाका कारण महाकाली नदीमा अाएकाे बाढीले कञ्चनपुर सदरमुकाम महेन्द्रनगर र आसपासको क्षेत्र डुवानमा परेका छन् । राति करिव २ बजेबाट सुरु भएको बर्षाका कारण डुवान हुँदा जनजीवन प्रभावित बनेको छ ।
स्थानीयको घर तथा पसल भित्र पानी पसेको छ । डुवानका कारण भिमदत्त नगरपालिका उल्टाखाम क्षेत्रमा कुरा मरेको प्रहरी नायव उपरीक्षक गणेश बमले जानकारी दिए ।
नगरक्षेत्र जलमग्न हुदा आवतजावतमा समस्या भएको । दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग सबैभन्दा मारमा परेको छ ।
शारदा ब्यारेजमा आवजवाजत बन्द
प्रहरीका अनुसार महाकालीमा प्रतिसेकेन्ड एक लाख १३ हजार क्युसेकको रफ्तारमा पानी बगिरहेको छ । महाकाली नदीमा पानीको वहाव बढेपछि शारदा ब्यारेजमा आवजवाजतमा रोक लगाइएको छ।
लगातारको वर्षापछि नदीमा पानीको सतह बढेपछि विहानदेखी चारपाङ्ग्रे सवारी साधनमा रोक लगाईएको बमले जानकारी दिए ।
महाकाली नदीमा पानीको बहावले १ लाख क्यूसेक नाघेपछि आवागमनमा रोक लगाइदै आएको छ। लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहाव बढेर एक लाख ४५ हजार क्यूसेक पुगेको कञ्चनपुर प्रहरीले जनाएको छ।
यसअघि सोमबार साझ महाकाली नदीमा पानीको बहाव एक लाख ४० हजार क्युसेक मापन गरिएको थियो। पुलमा आवतजावतमा रोक लगाईएपछि शारदा व्यारेज भएर भारत जाने र नेपाल आउने सवारी साधन रोकिएका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस