काठमाडाैं- प्रहरीले नेत्रविक्रम चन्द समूहको रामेछाप इन्चार्ज यादव ढुङ्गेललाई काभ्रेपलाञ्चोकको धुलिखेलबाट पक्राउ गरेको छ। प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार ढुङ्गेललाई आइतबार राति पक्राउ गरिएको हो। ढुङ्गेलमाथि काभ्रेपलाञ्चोकको भुम्लुस्थित एनसेल टावरमा आगजनी गरेको आरोप छ।
यसैबीच सोही समूहका काभ्रेपलाञ्चोक जिल्ला सदस्यद्वय सुन्दर रायमाझी र अनिल रायमाझीलाई पनि प्रहरीले शुक्रबार राति पनौती नगरपालिका–४ बाट पक्राउ गरेको छ। प्रहरीका अनुसार पनौतीमा विस्फोटक पदार्थ राखी आतङ्कित पारेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।
यता, झापाबाट पनि सो समूहका दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। दमक नगरपालिका–२ स्थित बेलडाँगी क्षेत्रबाट प्रहरीको विशेष गस्ती टोलीले झापा जिल्ला सदस्य सोही वडा बस्ने वर्ष ३० का सुवास राई र कार्यकर्ता २८ वर्षीय पुकार योञ्जन पक्राउ गरेको हो।
पक्राउ परेका दुवैको साथबाट उक्त समूहका पर्चा, चन्दा रसिदसमेत बरामद गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाले बताए। उनका अनुसार वेलडाँगी क्षेत्रमा चन्दा असुलीलगायतका गतिविधिमा संलग्न भएको विशेष सूचनाका आधारमा दुवैलाई पक्राउ गरिएको हो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस