लखनउ, भारत- भारतको उत्तर प्रदेशमा हालै एउटा लज्जास्पद घटना बाहिर आएको छ । उत्तर प्रदेशको जौनपुर जिल्लामा जुवा र रक्सीको नसामा एक व्यक्तिले आफ्नी पत्नीलाई जुवाको खालमा राखेका छन् ।
ती व्यक्तिले जुवा हारेपछि आफ्नै पत्नीलाई सामूहिक रुपमा यौन सम्बन्ध राख्न अनुमति दिएका छन् । पीडितले यो घटनाबारे प्रहरीमा उजरी गरेकी थिइन् । तर, प्रहरीले कुनै कारबाही गरेन ।
त्यसपछि उनले अदालतको ढोका ढकढक्याएकी छन् । अदालतको आदेशपछि जफराबाद थानामा एफआईआर दर्ता भएको छ । पीडितले आफ्ना पति रक्सी खाएर हिँड्ने र नसामा आफूलाई पनि जुवाको खालमा हालेको बताएकी छन् ।
पीडितका अनुसार उनका पतिका साथीहरु अरुण र अनिल नाम गरेका व्यक्ति दैनिकजसो घरमा रक्सी खान र जुवा खेल्न आउने गर्दथे ।
ती व्यक्तिले जुवा हारेपछि उनीमाथि सामूहिक बलात्कार गरेका थिए । घटनापछि पीडित महिला आफ्ना नातेदारको घर गएकी थिइन् । उनका पति पनि त्यही गएर घटनालाई भूल भन्दै माफी मागेका थिए ।
पीडितले माफी गरेपछि उनीहरु एउटै कारमा चढेर घर जाँदै गर्दा बीच बाटोमा नै रोके । त्यसपछि फेरि उनका साथीले सामूहिक बलात्कार गरेका थिए ।
घटनापछि उनले स्थानीय प्रहरीमा उजुरी गर्न खोज्दा प्रहरीले दर्ता गर्न नमानेपछि अदालतको आदेशमा मुद्दा दर्ता भएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस