काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि गएराति सिंगापुर प्रस्थान गरेका छन् ।
सिंगापुर उड्नुअघि त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले आफू स्वास्थ्योपचारका लागि जान लागेको बताए ।
प्रधानमन्त्री ओलीलाई बिदाइ गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललगायत विशिष्ट व्यक्तिहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
प्रधानमन्त्री ओलीको सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा आजैदेखि स्वास्थ्य परीक्षण शुरू हुने बताइएको छ ।
उनले एक हप्तासम्म अस्पतालमै रहेर स्वास्थ्योपचार गर्ने कार्यक्रम छ ।
यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सञ्चालनको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई तोकेकी छन् ।
प्रधानमन्त्रीको सिफारिशमा नेपालको संविधानबमोजिम उपप्रधानमन्त्री पोखरेललाई उक्त जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
आफ्नो ५ दिने युएई भ्रमण सकेर नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् ।
प्रचण्ड पत्नी सीता दाहाल र छोरीहरू सहित पारिवारिक भ्रमणका लागि गत मंगलवार युएई प्रस्थान गरेका थिए ।
प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली सिंगापुर प्रस्थान गर्ने दिन नै अध्यक्ष प्रचण्ड स्वदेश फर्किएका हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस