काठमाडाैं-काभ्रे वाङ्थलीका विष्णु खड्काले ख्याल-ख्यालमै भने -‘मोटरसाइकल चढ्नुपर्ने। मिर्गौला किन्ने कोही छैन ? भन है साथी हो।’
उनले यसो भनेपछि मिर्गौला तस्कर सम्पर्कमा आइहाले। तस्करसँग सम्पर्क गराउनेमध्ये एक थिए, प्रहरीकै सई योगेन्द्रराज थपलिया। उनी सशस्त्र प्रहरी १ नम्बर गणमा कार्यरत थिए। उनले मिर्गौला किन्ने एक व्यक्ति सम्पर्कमा रहेको बताएपछि कुरा गर्न खड्का राजी भए।
दिल्लीस्थित एक अस्पतालमा मिर्गौला झिक्ने तय भयो। त्यही बेला साउन ११ गते खड्कालाई उद्धार गरिएको महानगरीय प्रहरी परिसर प्रवक्ता डीएसपी होबिन्द्र बागटीले बताए।
महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले भारतीय प्रहरीको समन्वयमा उनलाई उद्धार गरेको हो। घटनामा संलग्न चार अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रमुख डीएसपी फडिन्द्र प्रसाईंले मिर्गौला तस्करी गर्न खोजेको आरोपमा सइसहित चार जनालाई पक्राउ गरिएको बताए। खड्कालाई फकाएर दिल्ली पुर्याएको आरोपमा पक्राउ पर्नेमा थपलिया, गुरुङ, कार्की र नारायण पराजुली छन्। थपलियालाई जागिरबाट निलम्बन गरिएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस