काठमाडौँ- जेल ‘कारागार’लाई सुधार गृह भन्न थालिएको वर्षौँ भइसकेको छ। तर राज्यले नाम दिनबाहेक सुधार गर्ने कामका कुनै पनि काम गरेको देखिँदैन। बरु सद्दे जेल छिरेका कैदीबन्दी त्यहाँको बातावरण मानसिक रोगी बन्ने गरेको जेलको सुरक्षामा खटिएका अधिकारीहरु बताउँछन्।
शुक्रबार ललितपुरको नख्खु कारागारमा एक जनाको हत्या भयो। कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएको हो। शुक्रबार दिउँसो भएको झडपमा परी जेल जीवन बिताइरहेका ३५ वर्षीय पूर्णबहादुर राजीको मृत्यु भएको प्रहरीले जनाएको छ।
नुहाएर घाम तापिरहेका राजीलाई ५० वर्षीय पवनकुमार महतोले टाउकोमा इँटाले प्रहार गरेका थिए। मृतकको टाउको क्षतविक्षत भएको थियो। महतो र राजी दुवै कर्तव्य ज्यान कसुरमा दोषी ठहर हुँदै जेल सजाय भोगिरहेका थिए।
सर्लाही घर भएका महतो विगत पाँच वर्षयता नख्खु कारागारमा थिए। राजी बर्दियाका हुन्। ललितपुर प्रहरी परिसरका डीएसपी सन्तोष तामाङले महतो र राजी दुवै जना मानसिक रोगी भएको र दुवैले डिप्रेसनको औषधी खाइरहेको बताएका छन्।
नख्खु कारागारमा मानसिक विरामीका कैदीबन्दी र सद्ये कैदीबन्दीलाई एकै ठाउँमा राख्ने गरिएको छ। नख्खु कारागारका जेल बेदप्रसाद अर्यालका अनुसार त्यहाँ रहेका कुल १ हजार ३ सय ९२ कैदीबन्दीमध्ये चार सय ५० भन्दा बढी मानसिक रोगी छन्।
उनी यी सबैलाई एकै ठाउँमा राख्ने गरिएको बताउँछन्। ‘मानसिक विरामीलाई सँगै राख्दा उनीहरुको रेखदेख सद्देले गर्छन्। यसले कारागार व्यवस्थापनमा सजिलो हुन्छ’, जेलर अर्यालको तर्क छ। यसरी राख्दा सद्ये कैदीबन्दीलाई पुग्ने असरबारे उनी बोल्न चाहेनन्। तर कारागारमा आएपछि कुनैपनि कैदीबन्दी मानसिक विरामी नहुने गरी व्यवस्थापन हुने गरेको उनी दाबी गर्छन्।
मानसिक विरामीसँगै राख्दा अरुलाई असर पर्दैन भन्ने प्रश्नमा उनले भने, ‘ कुनै घटनापछि त्यसको असरका कारण मानसिक विरामी भएर उनीहरु जेल आइपुग्छन्। तर जेलमै आइपुगेपछि यहाँको वातावरणले कोही पनि कैदीबन्दी मानसिक विरामी भएजस्तो मलाई लाग्दैन।’
नख्खु जेलमा मानसिक अस्पताल पनि बनाइरहेकाले देशभरका मानसिक विरामीका कैदीबन्दीलाई केन्द्रीय कारागारबाहेक यहाँ ल्याएर राख्ने गरिएको छ। नख्खु कारागारका जेलर अर्यालकै भनाई मान्ने हो भने लामो समयका लागि जेल आउनेमध्ये कारागारमा हरेक वर्ष ५०/६० जना मानसिक रोगी थपिने गरेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस