काठमाडौँ – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रिय अनुसन्धान ब्यूरोमा कार्यरत प्रहरी सहायक निरीक्षक भैरव कुँवरलाई इन्काउन्टरको चेतावनी दिएको छ।
पार्टीका गतिविधि र नेता कार्यकताबारे सुराकी गरेको भन्दै कैलालीको बौनियाका कुँवरलाई सुराकी नरोके इन्काउन्टरको चेतावनी दिएको हो । विप्लव समूहका जनअदालत प्रमुख विकासद्वारा हस्ताक्षरित विज्ञप्तिमा कुँवरलाई २५ दिनभित्र उपस्थित हुन चेतावनी दिइएको छ।
कैलालीका एसपी दक्ष बस्नेतले विप्लव समूहद्वारा जारी गरिएको भनिएको विज्ञप्तिबारे अनुसन्धान भइरहेको बताए । ‘सञ्चारमाध्यममा समाचार प्रकाशित भएको छ, विज्ञप्ति सक्कली हो कि नक्कली हामी अनुसन्धान गरिरहेका छौँ’, उनले भने ।
प्रहरीले विप्लव समूहका नेता कार्यकर्तालाई खोजी खोजी पक्राउ गरिरहेका बेला विप्लव समूहले उल्टै इन्काउन्टरको चेतावनी दिएको हो ।
‘विप्लव समूहले प्रहरीविरुद्ध सांघातिक आक्रमणको कुनै नीति नरहेको बताइरहेका बेला यस्तो खाले विज्ञप्ति किन सार्वजनिक भएको हो हामी बुझ्दैछौँ’, एसपी बस्ननेतले भने ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस