काठमाडौँ- पोखरा महानगरपालिका वडा नं १३ ले फोहोरलाई मोहोरमा बदल्न फोहोर मुक्त (जेरो वेस्ट) अभियान सुरु गरेको छ ।
शुक्रबार बाल कल्याण माबिमा आयोजना गरिएको एक कार्यक्रमका बिच डस्टबिन बिद्यालयका प्रध्यानाध्यापकलाई हस्तान्तरण गर्दै अभियानको थालनी गरेको हो ।
सो अवसरमा वडा अध्यक्ष दर्शन लामाले पहिलो चरणमा दुई टोलमा अभियानको प्रारम्भ गर्ने बताए । उनले आगामी भदौमा फोहोर मुक्त टोल घोषणा गर्ने लक्ष्य सहित अभियान सुरु गरेको उल्लेख गरे । वडालाई नै जेरो वेस्टको रुपमा बिकसित गरि घोषणा गर्ने लक्ष्य सहित सुरु गरिएको अभियानका लागि ६ लाख ५६ हजार बजेट बिनियोजन गरेको जानकारी दिए ।
उनका अनुसार ४७ टोलहरुमध्ये बाकि ४५ टोलहरुमा दोस्रो चरणमा अभियान थालिनेछ । लामाले यो अभियान सम्पन्न गर्न चुनौती रहेको बताउदै सन्देशमुलक कार्यक्रम रहेकोले वडाबासीलाई नै परिचालित गरेको उल्लेख गरे । ‘मुख्यतः सन्देश प्रवाह गर्नु हो, उनले भने ‘घरमै निस्केको फोहोरलाई मोहोरमा बदल्नका लागि एउटा माध्यम मात्रै बन्ने प्रयास गरेका हौ र यो बिषयमा चेतना जगाउने हो भने बिस्तारै फोहोर मुक्त हुन सक्छ र हामी घोषणा समेत गर्छौ ।’ उनले हरेक हप्ता नकुहिने फोहोरहरु (प्लास्टिक, सिसा, बोटल ईत्यादी) पोखरा वेस्ट मयानेजमेन्ट रिसाईकल प्रालिलाई बिक्रि गरिने बताउदै प्रति किलो १० देखी ४५ सम्म पर्ने बताए ।
उनले अभियानलाई सफल र प्रभावकारी बनाउनका लागि फिल्ड सुपरभाईजरका रुपमा नबिना क्षेत्रीलाई जिम्मेवारी दिएको बताए । उनका अनुसार क्षेत्रीले दैनिक रुपमा अभियान चलाईएको टोलमा पुगेर फोहोर ब्यबस्थापनमा सहजीकरण गर्नेछिन । अध्यक्ष लामाले कृष्ण कुमारी गुरुङको संयोजकत्वमा सुरु भएको अभियानलाई पुर्णता दिनका लागि फोहोरमैला ब्यबस्थापन बिशेषज्ञ छबि गौडेलको बिशेष भुमिका रहेको बताए ।
उनले
त्यस्तै फोहोरमैला ब्यबस्थापन बिशेषज्ञ छबि गौडेलले बढ्दो फोहोरमैलालाई पुर्ण रुपमा मुक्त पार्नका लागि उचि ब्यबस्थापनको आवश्यक पर्ने बताउदै अभियान नै थाल्नुपनेको उल्लेख गरे । सर्बेक्षणको तथ्याङ्क अनुसार ५ जनाको परिवार रहेको घरबाट प्रतिदिन २ किलो कुहिने फोहोर निस्कने गरेको उनले बताए । फोहोर ब्यबस्थापनका लागि तिन प्रकारको डस्टबिन प्रदान गरिएको बताउदै उनले रातो रङको डस्टबिनमा सिसाजन्य (नकुहिने) पहेलो वा निलोमा आधा कुहिने÷नकुहिने र हरियो डस्टबिनमा पुर्ण रुपमा कुहिने फोहोरहरु राख्नुपर्ने बताए ।
उनका अनुसार पहिलो चरणको अभियानबाट दुई टोलका ३ सय १ र बालकल्याण माबिका ७ सय ४९ गरि कुल १ हजार ५० जना लाभान्वित हुनेछन भने वडाभरिका ३ हजार ३ सय ६० घरधुरीका १८ हजार ८ सय १६ र १५ बिद्यालयका ५ हजार २ सय ६० बिद्यार्थी गरि कुल २४ हजार ७६ जना लाभान्वित हुनेछन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस