काठमाडाैं-माओवादी सशस्त्र द्वन्द्वलाई उत्कर्षमा पुर्याउने एउटा महत्वपूर्ण टर्निङ पोइन्ट थियो– घोराही ब्यारेक आक्रमण। २०५८ कार्तिक ६ गते राति माओवादी छापामारले दाङ सदरमुकाम घोराहीस्थित सेनाका दुई गण (भगवती प्रसाद र गोरख दल) मा एकैसाथ आक्रमण गरे। ठूलो परिमाणमा हतियार लुटे। हाल उपराष्ट्रपति रहेका नन्दबहादुर पुन ‘पासाङ’को नेतृत्वमा भएको सो आक्रमणले तत्कालीन देउवा सरकार नराम्रोसँग झस्कियो। देशमा संकटकाल घोषणा भयो।
त्यतिबेला संकटकालसँगै सरकारले अर्को एउटा निर्णय पनि गर्यो, सुरक्षाकर्मीले प्रयोग गर्ने पोसाक, जुत्ता र अन्य सामाग्री सर्वसाधारणलाई प्रयोगमा रोक लगाउने।
त्यतिबेला गण रक्षामा रहेका सेन्ट्रीले सैन्य पोसाकका छापामारलाई चिन्न नसक्दा सहजै भित्र प्रवेश दिएका थिए। जसका कारण सेनाले ठूलो धनजनको क्षति ब्यहोर्नु परेको थियो।
यो घटनाको करिब १८ वर्षपछि नेपाली सेनाको अनुरोधमा सरकारले सो निर्णय फेरि उल्टाएको छ। रक्षा मन्त्रालयले सेनाले प्रयोग गर्ने कम्ब्याट पोसाक (क्यामोफ्लाइज फेब्रिक) को आमबिक्री वितरण र प्रयोगमा रोक लगाउने निर्णय गरेको छ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले हिंसात्मक गतिविधितर्फ उन्मुख रहेको अवस्थामा सरकारको यस्तो निर्णय आएको हो। गृहमन्त्री रामबहादुर थापाले २०७६ जेठ दोस्रो साता संसदमा बोल्दै विप्लवसँग चार कम्पनी सेना रहेको बताएका थिए।
विप्लव समूहबाट हुनसक्ने सम्भावित सुरक्षा खतरालाई ध्यानमा राख्दै यो निर्णय आएको हो। परिपत्रको भाषाले त्यसको स्पष्ट संकेत गरेको छ।
सरकारको निर्णयमा ‘नेपाली सेनाका सकल दर्जाले प्रयोग गर्ने विभिन्न प्रकारका पोसाकमध्ये क्यामोफ्लाइज कपडा…गैरसैनिक व्यक्ति तथा अपराधिक कार्यमा संलग्न समूहले प्रयोग गर्ने गरेको’ उल्लेख छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस