काठमाडौं-यो वर्षको भारी वर्षा र बाढीका कारण नेपाल–भारत सीमा क्षेत्रका चार वटा सीमा स्तम्भमा क्षति पुगेको छ । यो समाचार आजको राजधानी दैनिकले छाफेको छ |
कपिलवस्तु सीमा क्षेत्रमा रहेका चार वटा सीमा स्तम्भमा क्षति पुगेको हो । नापी विभागले सीमा स्तम्भ ढलेर केही तलसम्म बगेको जनाएको छ ।
सो सीमा स्तम्भको निर्माण कार्य अब दुई देशबीचको संयुक्त छलफल पछि अघि बढ्ने विभागले जनाएको छ । नेपाल र भारत सीमामा ८ हजार ५ सय ५४ वटा सीमा स्तम्भ रहेकोमा ६ वर्षमा ३ हजार ७ सय ३३ वटा निर्माण र मर्मत भएको पनि विभागले जनाएको छ ।
सीमा स्तम्भ निर्माणका लागि दुवै मुलुकले सन् १९१८ देखि संयुक्त रूपमा काम गर्दै आएका छन् ।
सन् १९१८ देखि २००७ सम्ममा नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीले निरन्तर अध्ययन गरेर नेपाल र भारतको नक्साअनुसार ८ हजार ५ सय ५४ वटा सीमा स्तम्भ भएको पत्ता लगाएको थियो । जसमा २ हजार १ सय ५ नदी क्षेत्रमा र ३१ वटा नदी किनारमा छन् ।
यस्तै, भूमि क्षेत्रमा ६ हजार ४ सय १८ वटा सीमा स्तम्भ छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस