काठमाडौं- नवनियुक्त नागरिक उड्डयन तथा पर्यटनमन्त्री योगेश भट्टराईले आफू तत्कालीन मन्त्री रवीन्द्र अधिकारीको उत्तराधिकारी भएर काम गर्ने बताएका छन्। राष्ट्रपतिबाट शपथग्रहण लिएलगत्तै मन्त्रालयकाे पदभार सम्हाल्दै उनले यस्तो बताएका हुन्। ‘रवीन्द्र अधिकारीको उत्तराधिकारी भएर आएको छु। यो भन्न मलाई हीनताबोध छैन। उनका काम पूरा गर्नेछु,’ उनले भने।
उनले आफू नियोजित रुपमा नभई आकस्मिक रुपमा जिम्मेवारी लिन आएको बताए। ‘प्रिप्लान होइन। प्रधानमन्त्री अपेक्षा पूरा गर्ने दायित्व लिएर आएको छु। कार्यालयका सहयोगीदेखि सचिवसम्म सबैलाई समान व्यवहार गर्नेछु।
आफूले सम्हालेको मन्त्रालयमा अब ‘आइस्योस् र गइस्योस्’जस्ता भाषा प्रयोग नगर्न आग्रह गरेका छन् ।
कामभन्दा चाकडी बढी गर्ने प्रवृत्तिका कारण सरकारी निकाय र मन्त्रालयले काम गर्न नसकेको भन्दै उनले कुराभन्दा बढी काम गरेर देखाउने प्रतिबद्धता जनाए ।
भने, ‘मन्त्रालयमा आइस्योस् र गइस्योस् संस्कार हुँदैन, अब यस्ता संस्कारको अन्त्य गर्छु ।’
सचिवदेखि कार्यालय सहयोगीसम्मलाई समान व्यवहार हुने बताउँदै मन्त्री भट्टराईले कर्मचारी र दलका नेता कार्यकर्तालाई स्वागत र बधाईका नाममा विज्ञापनमा खर्च नगर्न समेत अनुरोध गरे । मन्त्री भएपछि बधाई दिन विज्ञापन गर्ने परम्परा रहेको भन्दै आफ्नो हकमा यस्तो कार्य नगरिदिन समेत उनको आग्रह थियो ।
त्यस्तै, आफूलाई बधाईभन्दा सुझाव र सल्लाह चाहिने भन्दै बधाईले थिचेर कामै गर्न नसक्ने अवस्था नबनाइदिन समेत उनले आग्रह गरे ।
मन्त्रालयका काममा पारदर्शिता र जवाफदेहिता अपनाउने प्रतिबद्धता जनाएका उनले गुनासो नआउने गरी काम गरेर देखाउने प्रतिबद्धता जनाएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस