काठमाडौं- नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइईले आफू काम लगाउन नभई सिक्न आएको बताएका छन्।
मन्त्रालयमा बुधबार साँझ आयोजित पदभार ग्रहण कार्यक्रम पछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।
पूर्वमन्त्री रवीन्द्र अधिकारको उत्तराधिकारी भएको समेत उनले बताए। उनले भने ‘रवीन्द्र अधिकारीको उत्तराधिकारी भएर आएको छु। यो भन्न मलाई हीनताबोध छैन। उनका काम पूरा गर्नेछु।’
उनले आफू नियोजित रुपमा नभई आकस्मिक रुपमा जिम्मेवारी लिन आएको बताए। ‘प्रिप्लान होइन। प्रधानमन्त्री अपेक्षा पूरा गर्ने दायित्व लिएर आएको छु। कार्यालयका सहयोगीदेखि सचिवसम्म सबैलाई समान व्यवहार गर्नेछु।
कार्यभार सम्हालेपछि पहिलो निर्णय गर्दै मन्त्रालयले नेपाल उड्डयन प्राधिकरण अलग्याउने गरी निर्माण भएको ऐनका काम टुंग्याउन परामर्श लिने निर्णय गरेको छ।
आफूले मन्त्रालयमा आउँदा भन्दा जाँदा चाँहि खादा लगाउने गरी काम गर्ने बताए। उनले आफू मन्त्री भएकोमा बधाइ दिएर विज्ञापन नगर्न समेत आग्रह गरेका थिए।
मन्त्रालयमा बोलिने भाषामा समेत सुधार गर्नुपर्ने आवश्यकता रहेको उनले बताएका थिए। ‘मन्त्रालयमा आइस्यो, गइस्यो, बक्स्यो अब चल्दैन। आउनुहोस्, जानुहोस् चलाउने हो।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस