काठमाडौं-राष्ट्रिय जनता पार्टी, नेपालले सरकारले सर्लाही घटनाको सत्यतथ्य बाहिर ल्याउन संसदीय समिति गठन नगरेसम्म प्रतिनिधिसभा बैठक चल्न नदिने अडान लिएको छ।
राष्ट्रिय जनता पार्टी, नेपालको मंगलबार काठमाडौंमा बसेको अध्यक्षमण्डलको बैठकले सर्लाहीमा गैर न्यायिक ढंगले प्रहरीको गोलीबाट दुई जना नागरिकको ज्यान गएको घटनाको सत्यतथ्य बाहिर ल्याउन संसदीय समिति गठन गर्नुपर्ने काँग्रेससहितको माग सम्बोधन नगरेसम्म प्रतिनिधिसभा बैठक चल्ने नदिने अडान प्रष्टयाएको हो।
बैठकले कैलालीको टिकापुर घटनाको सम्बन्धमा छानवीन गर्न गठित गिरिशचन्द्रलाल संयोजकत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न, मिडिया काउन्सिल विधेयक, मानव अधिकार आयोगसम्बन्धि विधेयक फिर्ता लिन पनि सरकारलाई निरन्तर दवाव दिने निर्णय गरेको पनि पार्टीका नेता अनिलकुमार झाले जानकारी दिए।
बैठकले बाढी, पहिरो र डुबानबाट पीडित जनतालाई राहत दिन सरकार जिम्मेवार नदेखिएको दावी गर्दै आक्रोश पनि व्यक्त गरेको छ।बैठकमा समाजवादी पार्टी, नेपालसँगको पार्टी एकताका लागि वार्ता प्रक्रिया अघि बढन नसकेको निष्कर्ष निकाल्दै पार्टीको महाधिवेशनमा केन्द्रित भएर अघि बढने विषयमा पनि नेताहरुबीच छलफल भएको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस