विराटनगर- प्रदेश १ मा आर्थिक वर्ष २०७५/७६ मा कूल वार्षिक बजेटमा ५८.१५ प्रतिशत वित्तीय प्रगति भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ। वार्षिक बजेट रु ३६ अर्ब ४३ करोड १० लाख ४० हजारमा रु २१ अर्ब १८ करोड ३७ लाख ६० हजार खर्च गरेर सो प्रगति हासिल गरेको हो।
कार्यालयका अनुसार सो अवधिमा पूँजीगत वार्षिक बजेट रु १९ अर्ब ४४ करोड २६ लाख ६५ हजारमा रु ११ अर्ब ३७ करोड ५१ लाख १४ हजार खर्च भई ५८.५६ प्रतिशत प्रगति भएको छ। यो ५८ प्रतिशतको हाराहारी मात्र हो। चालू खर्च रु १६ अर्ब ९८ करोड ८३ लाख ७५ हजारमा रु नौ अर्ब ८० करोड ८६ लाख ४५ हजार खर्च भई ५७.७४ प्रतिशत प्रगति गरेको लेखा अधिकृत अन्तिमकुमार आचार्यले जानकारी दिए।
कार्यालयबाट प्राप्त विवरणअनुसार विसं २०७६ असार ३१ गते सम्ममा प्रदेशअन्तर्गत ताप्लेजुङमा चालू खर्च रु ११ करोड ५३ लाख नौ हजार भई प्रगति ८३.८५ प्रतिशत र पूँजीगत रु १३ करोड ६६ लाख २९ हजार खर्च भई ७७.७५ प्रतिशत खर्च भएको छ।
पाँचथरमा चालू खर्च रु २२ करोड ८५ लाख ७८ हजार खर्च भई प्रगति ७५.६५ प्रतिशत र पूँजीगत खर्च रु एक अर्ब ४६ करोड १३ लाख ५८ लाख खर्च भई प्रगति ७९.१४ प्रतिशत मात्र खर्च भएको छ।
इलाममा चालू खर्च रु २२ करोड ६६ लाख ९८ हजार खर्च भई प्रगति ७९.०९ प्रतिशत र पूँजीगत रु ५५ करोड १० लाख ४३ हजार खर्च भई प्रगति ७६.५४ प्रतिशत, सङ्खुवासभामा चालू खर्च रु १८ करोड ९३ लाख ७० हजार खर्च भई प्रगति ८२.५० प्रतिशत र पूँजीगत खर्च रु ५६ करोड ४९ लाख १३ हजार खर्च भई प्रगति ४९.७९ प्रतिशत गरेको छ ।
यस्तै, तेह्रथुममा चालू खर्च रु १२ करोड ८० लाख ३९ हजार खर्च भई प्रगति ८८.१३ प्रतिशत र पूँजीगत खर्च रु १५ करोड ९८ लाख ४८ हजार खर्च भई प्रगति ८०.६५ प्रतिशत रकम खर्च भएको छ।
धनकुटामा चालू खर्च रु ४७ करोड १३ लाख ३९ हजार खर्च भई प्रगति ७४.०९ प्रतिशत र पूँजीगत खर्च रु ८५ करोड ५५ लाख ७८ हजार खर्च भई प्रगति ८४.५९ प्रतिशत छ।
भोजपुरमा चालू खर्च रु १६ करोड २३ लाख ९२ हजार खर्च भई प्रगति ७८.०१ प्रतिशत र पूँजीगत खर्च रु ४७ करोड ६५ लाख ७६ हजार खर्च भई प्रगति ५५.१२ प्रतिशत छ।
खोटाङमा चालू खर्च रु १५ करोड ४० लाख एक हजार खर्च भई प्रगति ८३.०३ प्रतिशत र पूँजीगत खर्च रु २६ करोड १६ लाख १६ हजार खर्च भई प्रगति ८२.७२ प्रतिशत देखिएको छ।
सोलुखुम्बूमा चालू खर्च रु १८ करोड ८० लाख ६३ हजार खर्च भई प्रगति ८३.०३ प्रतिशत र पूँजीगत खर्च रु १३ करोड ९१ लाख ७० हजार खर्च भई प्रगति ७९.५० प्रतिशत छ।
ओखलढुङ्गामा चालू खर्च रु २२ करोड १७ लाख २९ हजार खर्च भई प्रगति ७९.२९ प्रतिशत र पूँजीगत खर्च रु ७८ करोड ७० लाख ५९ हजार खर्च भई प्रगति ५८.३४ प्रतिशत प्रगति हासिल गरेको छ ।
त्यसैगरी उदयपुरमा चालू खर्च रु २७ करोड ९९ लाख २४ हजार खर्च भई प्रगति ७५.५८ प्रतिशत र पूँजीगत खर्च रु ४८ करोड ८१ लाख ८७ हजार खर्च भई प्रगति ६५.०१ प्रतिशत देखिएको छ।
झापामा चालू खर्च रु ५२ करोड ९९ लाख ७५ हजार खर्च भई प्रगति ८४.५९ प्रतिशत र पूँजीगत खर्च रु एक अर्ब ६९ करोड ८९ लाख १४ हजार खर्च भई प्रगति ६७.५१ प्रतिशत छ भने मोरङमा चालू खर्च रु छ अर्ब २९ करोड ६८ लाख ३६ हजार खर्च भई प्रगति ५१.६२ प्रतिशत र पूँजीगत खर्च रु दुई अर्ब ९२ करोड ४४ लाख ६७ हजार खर्च भई प्रगति ४०.१८ प्रतिशत देखिएको छ। सुनसरीमा चालू खर्च रु ६१ करोड ६३ लाख ८६ हजार खर्च भई प्रगति ५३.२१ प्रतिशत र पूँजीगत खर्च रु ८६ करोड ९७ लाख ५० हजार खर्च भई ७८.७८ प्रतिशत प्रगति हासिल गरेको छ ।
तुलनात्मक रुपले हेर्दा सबैभन्दा कम मोरङमा पूँजीगत प्रगति ४०.१८ र सबैभन्दा बढी पूँजीगत प्रगति धनकुटामा ८४.५९ प्रतिशत भएको छ।
वित्तीय हस्तान्तरणतर्फ (स्थानीय निकायतर्फको रकम मोरङ जिल्लाको चालू खर्चमा समावेश भएको) खर्च शीर्षकअन्तर्गत समानीकरणतर्फ रु ५० करोडमा रु ४९ करोड ९९ लाख ९९ हजार खर्च भई १०० प्रतिशत प्रगति र सशर्त अनुदानतर्फ रु तीन अर्ब २३४ करोड ८० लाख ७१ हजारमा रु तीन अर्ब १९ करोड ७९ लाख ९६ हजार खर्च भई ९८.७६ प्रतिशत प्रगति भएको विवरणमा उल्लेख छ ।
यसैगरी, आन्तरिक आयतर्फ घरजग्गा रजिष्ट्रेशनमा रु ९० करोड तीन लाख ९१ हजार, सवारीसाधन कर रु एक अर्ब ११ करोड ३९ लाख ५७ हजार, मनोरञ्जन र विज्ञापन कर रु १७ लाख ७४ हजार, निकासी शुल्क रु नौ करोड ३२ लाख ८५ हजार, प्राकृतिक स्रोत बिक्री रु १६ करोड २५ लाख ५६ हजार, नगद मौज्दात गत आवको बाँकी रु ३६ करोड ८७ लाख ७९ हजार र विविध आय सशर्त अनुदान फिर्ता रु ८१ लाख ६८ हजार गरी रु दुई अर्ब ६४ करोड ८९ लाख १२ हजार आय भएको छ ।
यस्तै, सङ्घीय सरकारबाट प्राप्त राजश्व बाँडफाँड रु छ अर्ब ८६ करोड ७६ लाख ८२ हजार, समानीकरण अनुदान रु छ अर्ब ६१ करोड तीन लाख, सशर्त अनुदान रु १० अर्ब ५४ करोड ७३ लाख ५६ हजार र विशेष अनुदान रु ६५ करोड ७१ लाख छ हजार गरी रु २५ अर्ब ३६ करोड २४ लाख ४४ हजारसमेत गरी कूल आय रु २८ अर्ब एक करोड १३ लाख ५७ हजार र कूल खर्च रु २१ अर्ब १८ करोड ३७ लाख ६० हजार भई फरक रकम रु छ अर्ब ८२ करोड ७५ लाख ९७ हजार भएको अधिकृत आचार्यले जानकारी दिएका छन्। -रासस
प्रदेश नितान्तरूपमा नयाँ भएको र सबै संरचनाहरू खडा भइनसकेको अवस्थामा प्रदेश सरकारले शून्य अवस्थाबाट काम शुरु गरेकाले गएको आर्थिक वर्षमा प्रगति उल्लेखनीय हासिल गर्न नसके पनि चालू आर्थिक वर्षमा जेठ १५ गतेभित्रमा विकासका योजना सम्पन्न गर्ने सरकारको सङ्कल्पले प्रगति उल्लेखनीय हुने आशाा राख्न सकिन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस