काठमाडाैं-सर्बोच्च अदालतको आदेशसँगै गोर्खा ब्रुअरीलाई ८७ करोड रुपैयाँ कर निर्धारण भएको छ ।
आन्तरिक राजस्व कार्यालय भरतपुरले गोर्खा ब्रुअरीलाई आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ मा जर्ती वापतको ८७ करोड रुपैयाँ कर निर्धारण गरेको जनाएको छ ।
आन्तरिक राजस्व कार्यालय भरतपुरले गोर्खा ब्रुअरीलाई जेठ ९ गते नियम विपरित बढी जर्ती कट्टा गरेको भन्दै कर किन नलगाउने भन्दै पत्र लेखेको थियो । त्यसको विरोधमा गोर्खा ब्रुअरीले उच्च अदालत पोखरामा मुद्दा दर्ता गरेको थियो ।
उच्च अदालत पोखराले गोर्खा ब्रुअरीको कर निर्धारण प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको थियो । उच्च अदालतको अन्तरिम आदेशपछि कर कार्यालय सर्बोच्च अदालत गएको थियो । सर्बोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाको एकल इजलाशले उच्च अदालत पोखराले नियम विपरित अन्तरिम आदेश दिएको भन्दै सो आदेश खारेज गर्दै आदेश दिने उच्च अदालतका पोखराका तीनजना न्यायधीशलाई कारवाही गर्ने फैसला सुनाएको थियो ।
कर कार्यालयले गोर्खा ब्रुअरीलाई शुक्रबार नै कर सरकारी कोषमा दाखिला गर्नको लागि पत्र काटेको थियो ।
‘सर्बोच्चको अन्तरिम आदेशसँगै नियम अनुसार राज्यको कोषमा कर दाखिला गर्नको लागि पत्राचार गरेका छौ,’कार्यालय स्रोतले भन्यो ।
गोर्खा ब्रुअरीलाई कर निर्धारणमा चित्त नबुझेमा आन्तरिक राजस्व विभागका महानिर्देशक समक्ष प्रशासयिक पुनरावोकनको लागि निवेदन दिन सक्ने कानूनी अधिकार छ ।
गोर्खा ब्रुअरीको मुद्दामा कर कार्यालयको पक्षमा सर्बोच्च अदालत गरेको फैसलाले कर निर्धारण रोक्न सिधै सर्बोच्च अदालत जाने प्रवृति रोकिने अपेक्षा कर अधिकारीको छ ।
अहिले कर निर्धारण विरुद्द करदाताहरु सिधै उच्च तथा सर्बोच्च अदालतमा जाने प्रवृति छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस