काठमाडाैं-नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले पार्टीको १४ औँ महाधिवेशनको मिति निर्धारण गरि अघि बढ्न नेतृत्वलाई दबाब दिएका छन्।
नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पेश भएका १४ वटा एजेन्डामध्ये पार्टीको महाधिवेशनको विषय गम्भीर र महत्वपुर्ण एजेन्डाको रुपमा छलफल हुँदै आएको छ।
केही सदस्यहरुले तत्कालका लागि विधानको संक्रमणकालिन व्यवस्था अनुसारको संरचना बनाउने र केही समयपछि महाधिवेशन गर्ने विषयमा धारणा राखेका छन् भने केहीले महाधिवेशन समयमै गर्नुपर्ने तर्क गरेका छन्।
केही सदस्यले विधानलाई निलम्बित गरेर काम गर्न नसकिने उल्लेख गर्देै विधानविपरीत कुनै पनि विषयमा सहमति र सम्झौता हुन नसक्ने भएकाले महाधिवेशनको समय निर्धारण गरि क्यालेन्डर बनाई अघि बढ्नुपर्ने धारणा राखेका छन्।
प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको विधानको धारा ७२ को उपधारा ४ बमोजिम अन्तरिम संरचना बनाई १४ औ महाधिवेशनको कार्यतालिका निर्माण गर्ने विषयमा छलफल केन्द्रित भए पनि निष्कर्षमा भने पुगिनसकिएको बताए।
केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कार्यतालिका अनुसार नै महाधिवेशनको मिति तय गरिनुपर्ने बताए। उनले संक्रमणकालिन व्यवस्थाको नाममा भर्रखरै बनाएको विधानलाई निलम्बित गरेर विधानविपरीत कुनै पनि सहमति सम्झौता गर्न नसकिने बताए।
असार २२ गते देखि सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठक बीचमा रोकिँदै चल्दै आएको छ। बैठकमा पेश भएका १४ वटा एजेन्डामध्ये नियमावलीको एजेन्डामा केन्द्रीय समितिले सर्वसम्मति परिमार्जन गरेर सहमति पूर्वक टुंग्याउने गरि नियमावली मस्यौदा समितिलाई नै फिर्ता पठाईसकेको छ।
प्रवक्ता शर्माले महाधिवेशनको विषय टुंगो लागेपछि बाँकी एजेन्डामा संयुक्त छलफल गरिने बताए।
अाइतबारकाे बैठकमा नेताहरू प्रकाशमान सिंह, डा. रामशरण महत, बलबहादुर के.सी., महेश आचार्य, नरहरि आचार्य, बालकृष्ण खाण, रमेश रिजाल, डा. नारायण खड्का, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, आनन्दप्रसाद ढुंगाना, अजयकुमार चौरसिया, अम्बिका बस्नेत, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, हृदयराम थानी, डा. डिला संग्रौला, सरिता प्रसाई, अतहर कमाल मुसलमान र आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेयले धारणा राखेका छन्। बैठक साेमबार पनि बस्नेछ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस