काठमाडाैं-२०७२ मा संविधान निर्माणका लगत्तै भारतले नेपाललाइ लगाएकाे नाकाबन्दीका विषयमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीकाे दस्तावेज माैन देखिएकाे छ।त्यसबाहेक विगतमा कम्युनिस्टहरुले भन्ने गरेको ‘भारतीय थिचोमिचो र हस्तक्षेप’ का बारेमा दस्तावेजमा कुनै कुरा उल्लेख गरिएकाे छैन।
दस्तावेजमा आर्थिक–सामाजिक रुपान्तरणको पार्टी कार्यक्रम अन्तर्गत चीनका साथै भारतबाट लाभ लिन सकिने उल्लेख छ।
त्यो खण्डमा भनिएको छ, ‘भू–परिबेष्ठित देशले उपभोग गर्न पाउने पारवहन सुविधा भारत र चीन दुवै देशको भूमि र बन्दरगाहबाट निर्वाध उपभोग गर्नुपर्छ। भारत हुँदै बङ्गलादेशको बन्दरगाह उपयोग गर्ने ठोस नीति बनाई अघि बढ्नुपर्छ।’
‘कम्युनिष्ट आन्दोलनका गौरवशाली ६८ बर्षहरू’ शीर्षकमा विगतको चर्चा गर्ने क्रममा २००७ सालको चर्चा गर्दै एक ठाउँमा भारतको नाम लिइएको छ।
भनिएको छ, ‘भीमदत्त पन्त, रामप्रसाद राई, के.आई. सिंहलगायतको नेतृत्वमा भएका विद्रोहहरूलाई भारतीय सुरक्षा फौजसमेत भित्र्याएर निर्ममतापूर्वक दमन गरियो।’
अमेरिकी भूमिकाबारे अप्रत्यक्ष रुपमा असहमती जनाइए पनि विगतमा झैँ नाम लिएरै आलोचना गरिएको छैन।
‘हिन्द महासागरमा अमेरिकी सैन्य तैनाथी’ को विषय मात्रै दस्तावेजमा उठाइएको छ।
दस्तावेजमा चीनकाे प्रशंसा गरिएकाे छ भने भारत र अमेरिकाका बारेमा अालाेचना गरिएकाे छैन।
‘चीनका विरुद्ध हुन सक्ने घेराबन्दीप्रति नेकपा सचेत रहुनपर्ने’ उल्लेख गर्दै राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘दक्षिण चीन सागर र मलक्का जलडमरुलगायत समुद्री मार्गहरूमा उत्पन्न समस्या, प्रशान्त र हिन्द महासागरमा बढ्दो अमेरिकी सैन्य तैनाथी, चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ र यसका विरुद्ध कतिपय देशका प्रयास, कोरियाली प्रायद्वीपको तनाव र पछिल्ला विकसित घटनाक्रम, चीन विरुद्धका कथित स्वतन्त्र तिब्बत गतिविधिलगायत एसिया प्रशान्त क्षेत्रका घटनाक्रमहरूलाई पनि हामीले ध्यानमा राख्नुपर्छ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस