काठमाडाैं- झमक्कै साँझ पर्नै लागेको छ, काठमाडौंको माइतीघर मण्डलमा सबैजना युवाहरु लहरै उभिएका छन्, मालासहितको तस्बिर लिएर। तस्बिर अरु कसैको नभएर गतवर्ष साउन १० गते आजैको दिन कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्त हो। सबैजना मौन छन्। तर पनि उक्त तस्बिरले राज्यसँग न्याय मागिरहेको छ।
युवायुवतीहरु क्षणमै मैनबत्ती बाल्न थाल्छन्, कोही निर्मला पन्तको तस्बिरमा माला लगाइ एकनाशले मैनबत्ती बालिरहेकालाई सघाउँन थाल्छन्।
नेपाल विद्यार्थी संघले निर्मला पन्तका लागि न्याय माग्दै राजधानीमा विहान प्रर्दशन गरे पनि साँझमा भने दीप प्रज्वलनले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ।
कन्चनपुरकी निर्मला पन्तको गत वर्ष साउन १० गते बलात्कार पछि हत्या भएको थियो। ‘निर्मलाले न्याय कहिले पाउँछिन् सरकार’ लेखिएका प्ले कार्ड बोकेका प्रर्दशनकारीले निर्मलाका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री राम बहादुर थापा विरुद्ध नाराबाजी गरेका थिए।
निर्मला हत्याको एक वर्ष भईसक्दा पनि घटनामा संलग्न दोषी पत्ता लगाउन नसक्दा सरकारको आलोचना हुँदै आएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस