काठमाडौं- कञ्चनपुर उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पूरा भएको छ। गत वर्ष साउन १० गते साथीको घर गएकी निर्मलाको सोही दिन हत्या भएको थियो। तर उनको शव भोलिपल्ट मात्र उखुबारीमा फेला परेको थियो।
‘निर्मलाका निम्ति न्याय’को माग गर्दै सडकमा भएका धेरै संघर्ष भयो। प्रहरीले अनुसन्धान भइरहेको बताउँदै आएको छ। तर उनका हत्यारा को हुन् भन्ने यकिन भइसकेको छैन। प्रहरीले अनुसन्धान भइरहेको दोहोर्याभएको पनि एक वर्ष भएको छ।
यो बिचमा यो घटनाका सम्बन्धमा धेरै उतारचढाव आए। तर निर्मला र परिवारले न्याय पाउन भने बाँकी नै छ।
एक वर्षको अनुसन्धान प्रगति हेर्दा शून्य छ। घटनाको सरकारी तवरबाटै आधा दर्जनभन्दा बढी अनुसन्धान भएका थिए। अनुसन्धानकै क्रममा ८० भन्दा बढीको डीएनए परीक्षण र पाँच सय भन्दा बढी जनासंग सोधपुछ गरिएको छ।
घटनाका वरिपरि देखिने सयौ पात्रहरुका कल डिटेल पनि लिइयो । तर सुराकी पत्ता लागेन ।
उक्त बलात्कारी र हत्यारका अगाडि नेपाल सरकार, सुरक्षा टोली सबै कमजोर देखिएका छन्।
प्रहरीले एक वर्षको अवधिमा कसैलाई कार्वाहीको दायरामा ल्याउन नसकेको भन्दै आलोचना पनि भइरहेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस