काठमाडौँ-आकाश गर्जिएर सोमबार साँझदेखि नै मुसलधारे पानी बर्सिरहेको थियो । सत्यवती–३ सिङीकी तिलकुमारी तरामुले साँझ नपर्दै छोराछोरीलाई खाना खुवाइन् । केहीबेर भारतमा रहेका श्रीमान् तिलबहादुरसँग फोनमा कुरा गरिन् । ठूलो पानी परिरहेको सुनाइन् । त्यसपछि सुत्ने तर्खरमा लागिन् ।
दुई कोठाको सानो घर । माथिल्लो तलामा सुत्न नमिल्ने भएकाले सामान मात्र राखिन्थ्यो । तल भान्सामै एउटा र अर्को कोठामा दुई बिस्तारा थिए । सधैं पल्लो कोठामा सबै सँगै सुत्थे । तर सोमबार उनले दुई छोरीलाई भान्सामै सुताइन् । आफू ९ वर्षीय छोरासँग अर्को कोठामा सुतिन् । ५–७ घण्टा उनी राम्रै निदाइन् होला तर त्यसपछि ब्युँझने अवसर नै पाइनन् । आमाको न्यानोमा निदाएका बालक पनि पहिरोले बगाएको घरसँगै बिदा भए । यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ |
पल्लो कोठामा सुतेका दुई छोरीहरूको भने कथा अर्कै भयो । उनीहरू पनि अरूहरूझैं मस्त निद्रामै थिए । अचानक पत्तो पाए– घर घरक्क गर्यो, अनि गर्ल्यामगुर्लुम भत्कियो । ‘एकैचोटि च्यापिएपछि थाहा पायौं,’ १३ वर्षीया छोरी धनी तरामुले भनिन्, ‘त्यसपछि केही थाहा पाएनौं ।’
छिमेकी भोजकुमारी तरामुका अनुसार बिहान ५ बजे पहिरो गएको थियो । घरको संकेतसमेत नरहने गरी बगेको छ । दुई छोरी तल्लो बारीमा काठले च्यापिएको अवस्थामा फेला परेका थिए । तिलकुमारी र छोरा दर्शनको भने अझ तल पुरिएको अवस्थामा शव भेटिएको थियो ।
घाइते दुवै बालिकालाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पहलमा सेनाको हेलिकप्टरमा काठमाडौं लगिएको छ । उनीहरूलाई आमा र भाइको अवस्था जानकारी गराइएको छैन ।
बहिनी ११ वर्षीया करिश्माको टाउकामा बढी चोट छ । उनको दायाँ हात र ढाडमा पनि समस्या देखिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस