काठमाडौँ-नेकपामा स्कुल विभागको नेतृत्वमा ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठ कसलाई बनाउने भन्ने विवाद उत्कर्षमा रहेका बेला वैचारिक अभियान चलाउँदै आएका अर्का नेता घनश्याम भुसालले समेत दाबी गरेका छन् ।
तत्कालीन एमालेको नवौं महाधिवेशनबाट उपमहासचिव बनेका भुसाल अहिले नेकपा स्थायी समिति सदस्य छन् । मार्क्सवादी प्रशिक्षण र त्यससम्बन्धी अध्ययन गर्दै हिँड्ने नेता भुसालले पार्टीको विचार निर्माणमा आफूले खेलेको भूमिकाको कदर गर्न शीर्ष नेताहरूसँग आग्रह गरेका छन् । ‘यदि पार्टीभित्र न्याय छ भने त्यो विभाग मलाई दिनुपर्छ, यो पार्टीको विचार निर्माणमा मैले कम मिहिनेत गरेको छैन,’ भुसालले भने।‘पार्टीलाई अझै वैचारिक रूपमा स्पष्ट बनाएर लैजानुपर्नेछ, त्यसका लागि अहिले पार्टीले लिएको राजनीतिक लाइनको सही व्याख्या र प्रचार हुनुपर्नेछ ।’
भुसालले तत्कालीन एमालेको आठौं महाधिवेशनमा नेपालमा २०६२/६३ सालको जनआन्दोलनपछि राजनीतिक क्रान्ति पूरा भएको र मुलुक पुँजीवादी चरणमा प्रवेश गरेको व्याख्या गरेर दस्तावेज ल्याएका थिए । त्यतिबेला तत्कालीन एमालेले उनको यो विचारलाई महाधिवेशनमा छलफलमै लगेन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस