एजेन्सी– बोरिस जोनसन बेलायतको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । कन्जर्भेटिभ दलले प्रधानमन्त्री टेरिजा मेको उत्तराधिकारीका रूपमा बोरिस जोनसनलाई चुनेसँगै बेलायतको नयाँ प्रधानमन्त्रीको टुंगो लागेको हो ।
उनले दलभित्रको नेताका लागि भएको मतदानमा जेरेमी हन्टलाई पराजित गरेका हुन् । विदेश मन्त्रीसमेत रहेका हन्टलाई जोन्सनले हराएका हुन् । जोन्सनले ९२ हजार १५३ मत पाउँदा हन्टले भने ४६ हजार ६५६ मत पाए । दलका लगभग एक लाख ६० हजार सदस्यले मतदान गरेका थिए ।
जोन्सनले नयाँ प्रधानमन्त्रीकारुपमा बुधबार पद सम्हाल्ने बीबीसीले जनाएको छ । ‘ब्रेक्जिट’सम्बन्धी नीतिमा पटक–पटक बिफल भएपछि वर्तमान प्रधानमन्त्री टेरिजा मेले प्रधानमन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।
परिणाम सार्वजनिक भएपछि नयाँ नेताका रूपमा जोनसनले पार्टीपंक्तिलाई सम्बोधन गरेका थिए । बुधवार उनले टेरिजा मेको उत्तराधिकारीका रूपमा बेलायतको नयाँ प्रधानमन्त्रीको सपथ ग्रहण गर्नेछन् ।
अर्थमन्त्री फिलिप ह्यामन्ड र कानूनमन्त्री डेविड गेउकले जोनसन प्रधानमन्त्री भए पदबाट राजीनामा दिने बताएका थिए । जोनसनको सम्भावित जीतलाई ध्यान दिँदै विरोधमा विदेश मन्त्रालयका मन्त्री सर एलन डन्कनले पहिले नै राजीनामा दिएका थिए ।
दलका वरिष्ठ नेताहरूले लण्डनका पूर्वमेयर बोरिस जोनसनको नेतृत्वमा सरकारमा सहभागी नहुने बताए पछि उनी शुरूदेखि नै जीतको दाबेदार देखिएका थिए ।
बेलायत युरोपेली सङ्घबाट बाहिरिने नीतिमा आफ्नै दलका सांसदहरूको विरोध खेपेकी प्रधानमन्त्री टेरिजा मेले संसद्मा बुधवार हुने प्रश्नोत्तरमा सहभागी भएपछि महारानी एलिजावेथ समक्ष आफ्नो राजीनामा प्रस्तुत गर्नेछिन् ।
उनको उत्तराधिकारीले त्यसको केही समयपछि नै महारानीसँग भेटेर कार्यभार सम्हाल्ने छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस