काठमाडाैं-ट्राफिक प्रहरीले ११ असारमा सिंहदरबारको पूर्वी गेट अगाडि जथाभावी पार्किङ गरेर राखिएकाे गृह मन्त्रालयका दुईवटा गाडीमा ‘ह्वील लक’ गर्यो । बा२झ ४३८८ र बा२झ ३४६ नम्बरको गाडीमा महानगरीय ट्राफिक प्रभाग अनामनगरका प्रहरी जवान टिकाराम बुढा र कमलेश कुमारले ह्वील लक गरेका थिए ।
पैदलयात्री हिँड्ने सडक किनारमा गाडी पार्किङ गरेर गृहका अधिकारी खाना खान गएका थिए । फर्केर आउँदा गाडीमा लक देखे । आफूहरु गृहको कर्मचारी भएकाले गाडीको लक खोल्न टिकारामलाई दबाब दिए । तर, उनले मानेनन् । बरु उल्टै उनले गाडीको कागजपत्र मागे । चालकले कागजपत्र दिन मानेनन् । ‘गृह मन्त्रालयको गाडी हो’ भन्दै ट्राफिक प्रहरीलाई थर्काउन खोजे ।
ट्राफिक प्रहरीले कागजपत्र नल्याउँदासम्म गाडी नछाड्ने अडान राखे । केही समयको रस्साकसीपछि ट्राफिक महाशाखाबाट एकजना प्रहरी नायव उपरीक्षक (डिएसपी) को फोन आयो । त्यसपछि ट्राफिक प्रहरीका जवानले ह्वील लक गरेको गाडी बिना जरिवाना छाडिदिए ।
ट्राफिक महाशाखाबाट फोन आएर बिना जरिवाना छाडेको गृह मन्त्रालयको गाडीबारे समाचार सार्वजनिक भएपछि जरिवाना गरेको खुलेको छ ।
ट्राफिक प्रहरी स्रोतका अनुसार समाचार सार्वजनिक भएपछि ह्वील लक गरिएका गाडीका चालक ट्राफिक माहाशाखामै पुगेर जरिवाना तिरेका हुन् । तर, गृहका अधिकारीले प्रहरीमाथि अनावश्यक दबाब दिन भने नछाडेका ट्राफिक प्रहरी उच्च स्रोतको भनाइ छ ।
यसरी नियम मिचेर सडकमा रोकिएको गृह मन्त्रालयको गाडीलाई ह्वील लक गर्ने प्रहरी जवान टीकाराम बुढा र कमलेश कुमारलाई केही युवाको समूहले १३ असारमा सडकमै दोसल्ला ओढाएर सम्मान गर्यो ।
उनीहरु दुबै जनालाई सामाजिक सञ्जालमार्फत बधाई दिने बढे । यसरी सामाजिक सञ्जालमा ट्राफिक प्रहरीका जवानलाई बधाई र गृह मन्त्रालयका अधिकारीहरुलाई गाली आउन थालेपछि टिकाराम र कमलेशलाई स्पष्टिकरण सोधिएको छ ।
गृह मन्त्रालयले दबाब बढाएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) शैलेस थापा क्षेत्रीको निर्देशनमा ट्राफिक महाशाखाले प्रहरी जवान टीकारा र कमलेशलाई ट्राफिक महाशाखामा बोलाएर स्पष्टिकरण सोधेको ट्राफिक प्रहरी स्रोतको भनाइ छ ।
यसरी स्पष्टिकरण दिने क्रममा टिकाराम बेहोस भएका एक ट्राफिक प्रहरीले जानकारी दिए । उनले भने, ‘टिकारामलाई ट्राफिक महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्त पन्तले स्पष्टिकरण सोध्नुभएको हो । त्यसक्रममा टिकाराम ढले र अस्पताल नै भर्ना गर्नुपर्यो ।
स्रोतका अनुसार टिकाराम बेहोस भएपछि उनीमाथि गर्ने भनिएको कार्बाही रोकिएको छ ।
तर, डिआईजी शैलेस थापाले भने गृहको गाडी लक गर्ने ट्राफिक प्रहरीमाथि कुनै कार्बाही नगरिएको दाबी गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस