२०७५ चैतको दोस्रो साता नेपाल र जापान सरकारबीच कामदारको लैजाने सहकार्यको समझदारी पत्र (एमओयु ) मा हस्ताक्षर भएको थियो।
जापान सरकारले नेपाली कामदार पठाउन जापानी भाषा र सिपदक्षता सम्बन्धिको परिक्षा कात्तिकमा सुरु हुने श्रम मन्त्रालयले जनाएको छ। भाषा परिक्षा आउदो कात्तिक महिनाको १० र ११ गते र त्यसपछि हुने सिपदक्षता सम्बन्धिको परिक्षा चाही कात्तिक महिनाकै २० र २१ गते तोकिएको छ। भाषा र सिपदक्षता सम्बन्धिको परिक्षा उत्तीर्ण गरि सकेको दुइ महिनाभित्र नेपाली कामदार जापानले लैजाने छ।
नेपाली कामदारले जापान जानका लागि परिक्षा शुल्क, जाँदा लाग्ने टिकटको कति पैसा तिर्नुपर्ने हो भन्ने र कामदारको स्वास्थ्य जांचको बारेमा जापानी पक्षसंग छलफल भइरहेको मन्त्रालयले जनाएको छ। दुइ देशको सरकारबीच भएको सहमति अनुसार नेपालीहरुले नर्सिङ्ग ,सरसफाई , उत्पान्मुलक क्षेत्र, कृषि ,होटेल, माछा मार्ने तथा खाद्य प्रसोधन आदि विभिन्न १४ वटा क्षेत्रमा काम गर्न जान पाउछन।
जापान सरकारले ५ बर्षका लागि करिब ३ लाख ४५ हजार जनालाई कामको अनुमति दिने जनाएको छ। कामदार लैजाने भनिएका अन्य देशहरु मंगोलिया, चीन, थाईल्याण्ड, म्यान्मार, इन्डोनेसिया, कम्बोडिया र भियतनाम मध्ये जापानले नेपालसंग पहिला सम्झौता गरेको थियो।
कतिपय देशहरुसंग जापानले सम्झौता गर्ने चरणमा रहेकाले कति संख्यामा नेपालीलाई लैजाने भने सहमति भइसकेको छैन।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस