काठमाडौं-नक्सापास र स्वीकृतिबिनै टेकुस्थित पचली भैरव गुठीको जग्गामा भवन निर्माण गरिएको पाइएको छ । यो समाचार आजको राजधानी दैनिकले छापेको छ |
काठमाडौं महानगरपालिका–१२ को सिट नम्बर १०२-११४४-०६ अन्तर्गत कित्ता नम्बर १९६.१९८ को पचली भैरव गुठीको नाममा दर्ता स्रेस्ता कायम भएको २ रोपनी ८ आना जग्गा क्षेत्रमा अवैधानिक रूपमा भवन निर्माण गरेको पाइएको हो ।
महेन्द्र सरस्वती आधारभूत माध्यमिक विद्यालयले स्वीकृति नलिई भवन निर्माण गरेको गुठी संस्थानले पुष्टि गरिसकेको छ ।
भवन निर्माणको विषयमा गुठियारहरूले उजुरी गरेपछि संस्थानले गुठियार र विद्यालय प्रतिनिधिलाई बोलाएर छलफल गरेको थियो ।
संस्थानका प्रवक्ता एवं उपप्रशासक सरोज थपलियाले भवन निर्माण गर्दा आवश्यक प्रक्रिया पूरा नभएको पाइएको बताए । ‘कानुनी प्रक्रिया पूरा गरेर भवन निर्माण गर्नुपर्नेमा पूरा नभएको देखियो,’ थपलियाले भने ।
संस्थानले गत १९ जेठमा महानगरपालिकालाई निर्माण कार्य रोक्न भन्दै पत्र पठाएको थियो । संस्थानले विद्यालयलाई काम रोक्का राख्न र महानगरीय प्रहरी परिसर टेकुलाई आवश्यक सहयोग गरिदिन आग्रह गरेको थियो । तर, महानगरले बेवास्ता गर्दा निर्माणकार्य जारी रहेको थियो ।
विद्यालयले सो स्थान वर्षौंदेखि प्रयोग गर्दै आएको र यसअघि टहरा निर्माण गरी कक्षा सञ्चालन गरिएको बताएको छ । विद्यालयका प्रतिनिधि दयाचन्द्र श्रेष्ठका अनुसार वडाको मौखिक सहमति र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुमतिमा निर्माण सुरु गरिएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस