काठमाडौं-राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी आज सोमबार देखि राजकिशोर यादवले सम्हाल्ने भएका छन् ।
राजपाको यही साउन ४ र ५ गते प्रदेश २ को राजधानी जनकपुरमा भएको अध्यक्षमण्डलको बैठकले संयोजकको जिम्मेवारी यादवलाई दिने निर्णय गरेको हो ।
चक्रीय प्रणालीअनुसार सोमबारबाट संयोजकको भूमिका यादवलाई सुम्पिने निर्णय गरेको हो । यादव पार्टीको संयोजक बन्ने छैटौं नेता हुन् । आइतबारसम्म अनिल झा संयोजक रहनेछन् ।
तत्कालीन मधेस केन्द्रित ६ दल मिलेर बनेको राजापमा नेतृत्वका लागि दुई÷दुई महिना पालोमा संयोजक फेरिन्छन् ।
यसअघि अध्यक्ष मण्डलका सदस्यहरू महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरदसिंह भण्डारी संयोजक भइसकेका छन् ।
यादवको कार्यकाल सकिएपछि राजपाको नेतृत्व पुनः महन्थ ठाकुरमा सर्नेछ । ठाकुरपछि चक्रीय प्रणालीमा जाने कि नजाने भन्नेमा पार्टीले छुट्टै निर्णय गर्ने राजपा महासचिव केशव झाले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस