काठमाडाैं-नेपाली कांग्रेसले तयार गरेको नियमावलीमा मस्यौदा समितिका सदस्यहरुबीच गम्भीर मतभेद भएपछि केन्द्रीय कार्य समिति बैठक पुन: सारिएको छ ।
कांग्रेस केन्द्रीय कार्य समिति बैठक ७ साउनको लागि बोलाइएकोमा मुख्यसचिव कृष्णप्रसाद पौडेलले ९ साउनका लागि बैठक सारेको जानकारी दिएका छन् ।
केन्द्रिय कार्य समितिको ३० असारमा बसेको बैठकले नियमावली मस्यौदा प्रतिवेदनलाई केन्द्रीय सदस्यहरुको सुझावलाई समेट्दै संशोधनसहित पारित गर्ने निर्णय गरेको थियो ।
तर, नियमावलीलाई सुझावसहित संशोधन गर्ने विषयलाई लिएर समितिका सदस्यबीच सहमति भएको छैन । पार्टी संस्थापन पक्षका सदस्यले नियमावलीलाई हुबहु पारित गर्नु पर्ने अडान लिएका छन् भने संस्थापनईतरका नेताहरुले शुभेच्छुक संगठनको सुझाव र आग्रह बमोजिम संशोधन गर्नु पर्ने अडान लिएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेस लगायतका १८ शुभेच्छुक संगठनले नियमावलीलाई संशोधन गरी शुभेच्छु्क संस्थामाथि नियन्त्रण गर्ने उदेश्यले राखिएका प्रावधानलाई हटाउन माग गरेका थिए । उनीहरुले आफूहरुको माग सुनुवाई नगरी पार्टी भातृ संस्थाको जस्तै व्यवहार गरे पार्टीसंगको संलग्नता त्याग गर्ने चेतावनी दिएका थिए ।
पार्टी संस्थापन पक्षले शुभेच्छुक संस्थाको मागप्रति सकारात्मक भएको जनाए पनि नियमावली मस्यौदा समितिका संयोजक रमेश लेखक भारततिर गएपछि समिति बैठक पनि प्रभावित भएको छ । नियमावलीमा समेट्नु पर्ने सुझावका विषयमा सहमति हुन बाँकी रहेको समिति सदस्य प्रदीप पौडेलले जनाए ।
नियमावलीमा मासिक लेवी उठाउने प्रावधानको अन्त्य गर्नुपर्ने, पार्टीको नीति, सिद्धान्त वा नेतृत्वविरुद्ध अभिव्यक्ति दिएमा अनुशासनको कारबाही गर्ने प्रावधान हटाउन सुझाव आएको थियो ।
तर, पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवा पक्षधर नेताहरुले अनुशासनको कडा प्रावधान परिमार्जन गर्न पार्टी कार्यकर्ताले माग गरेका छन् ।
कांग्रेसको २२ असारमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले नियमावली मस्यौदा समितिको प्रतिवेदनका साथै अन्य १३ वटा एजेण्डा पेस गरेका थिए ।
पार्टीका असन्तुष्ट नेताहरुले पार्टीको १४औं महाधिवेशनको लागि कार्यतालिका नल्याएसम्म बैठकमा नबस्ने अडान लिएसँगै सभापति देउवाले नियमावली पारित भएपछि महाधिवेशनको प्रक्रिया शुरु गर्ने जनाइएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस