काठमाडाैं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले ७७ जिल्ला इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएलगत्तै सो निर्णय विवादमा परेको छ । केन्द्रीय सदस्यहरूलाइ खाली नराख्न सह इन्चार्जकाे संख्या कतिपय जिल्लामा दशसम्म बनाइएकाे छ। १९ जिल्लामा भने सह इन्जार्ज चयन नै हुन सकेकाे छैन।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेकपालाई पूर्णता दिने क्रममा विवाद भएपछि सचिवालयले एउटै जिल्लामा १० जनासम्म सहसंयोजक तोकेर मिलाउने प्रयास गरिए पनि जिल्ला इन्चार्जले पद अस्वीकार गरेका छन् ।
डडेल्धुरा जिल्ला इन्चार्ज तोकिएका नेकपाका नेता खगराज भट्टले जिम्मेवारी अस्वीकार गरेका छन् । उनले आफूलाई अपमान गरिएको भन्दै इन्चार्ज पद अस्वीकार गरेको बताए ।
‘मलाई अपमानित ढंगले इन्चार्जको जिम्मेवारी तोकिएको छ, म यो जिम्मेवारी अस्वीकार गर्छु,’ भट्टले भने ।
पार्टीको प्रदेश कमिटी एकताकै बेला आफूलाई प्रदेश सहइन्चार्ज या प्रदेश अध्यक्षमध्ये एक पद दिनुपर्ने अडानमा रहेका भट्टले त्यसबेला पनि पद पाएनन् ।
इन्चार्जमा तत्कालीन एमालेका नेता कर्ण थापा र सहइन्चार्जमा तत्कालीन माओवादीतर्फका नेता लक्ष्मी जोशी चयन भएपछि नै उनी रुष्ट थिए ।
नेकपा सचिवालयले आज केन्द्रीय सदस्यको जिम्मेवारी, ७७ जिल्ला तथा ६ वटा महानगरपालिकाका इन्चार्ज र सहइन्चार्जकाे टुंगो लगाएपछि सुदूरपश्चिमका तत्कालीन माओवादीको प्रभावशाली मानिने नेता भट्ट आक्रोशित भएका छन् ।
डडेल्धुराका नेता भट्टले यसअघि भएका तीनवटा निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवासँग पराजय बेहोरिसकेका छन् ।
नेकपाको सचिवालयले विवाद साम्य पार्न एउटा जिल्लामा १० जनासम्म सहइन्चार्ज तोकेको छ ।
सचिवालयले सिराहामा १० जना, दाङ, काठमाडौं र धनुषामा ९/९ जना सहइन्चार्ज तोकेको छ भने दाङमा सात जना सहइन्चार्ज ताेकेकाे छ ।
तर, जिल्लाका हैसियत पाएका ६ वटा महानगरपालिका र १५ वटा जिल्लाले भने सहइन्चार्ज नै पाएका छैनन् ।
सहइन्चार्ज नपाउने जिल्लामा ताप्लेजुङ, इलाम, धनकुटा, सप्तरी, नुवाकोट, काभ्रे, मुस्ताङ, म्याग्दी, नवलपरासी पश्चिम, गुल्मी प्युठान, हुम्ला, डोल्पा र दार्चुला छन् ।
एकता प्रक्रियालाई पूर्णता दिन आजै बसेको सचिवालय बैठकले केन्द्रीय सदस्यको कार्यविभाजन र ७७ जिल्लाका इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएको थियो ।
केन्द्र र प्रदेशमा मन्त्री भएकालाइ समेत दाेहाेराे जिम्मेवारी दिइएकाे छ। काभ्रेमा इन्चार्ज बनाइएका गाेकुल बाँस्काेटा सञ्चारमन्त्री छन् भने स्याङ्जामा इन्चार्ज बनेकी पद्मा अर्याल भूमी व्यवस्थामन्त्री छन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही कालिकाेटकाे इन्चार्ज बनेका छन्। गण्डकी प्रदेशका मन्त्री रामशरण बस्नेत मनाङमा इन्चार्ज बनेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस