काठमाडौं-प्रधानमन्त्रीनिवास बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा सारिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले सबै जिम्मेबारसँग बयान लिइरहेको आजको नयाँ प्रतिकाले पहिलो पेजमा प्राथमिकतासाथ छापेको छ |
तर, दुबै निकायले खोजिरहेका तत्कालिन भौतिक पूर्वाधारमन्त्री विजय गच्छदार सम्पर्कविहिन छन्।
दुबै निकायले बयानमा बोलाएपछि १५ असारमा भारत गएका उनी उतैबाट अमेरिका गए।
भारत फर्किएपछि पनि नेपाल आउनुको सट्टा उनी चेन्नईतिर लागेका छन्।
यस्ता बयानमा अख्तियारले फोनबाटै बोलाउने, फोनबाटै पछ्याउने र नआएमा पत्र काट्ने र पत्रिकाबाट सार्वजनिक सूचनासमेत प्रकाशित गर्ने गरेको छ।
गच्छदारले जानीजानी बयान टार्न खोजेको भन्दै सार्वजनिक सूचना प्रकाशित गर्ने तयारी गरेको छ।
अख्तियारले बालुवाटारको जग्गासँग सम्बन्धित अनुसन्धानमा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालसँग समेत बयान लिने तयारी गरेको छ।
नेकपाका वरिष्ठ नेता नेपाललाई भने गोप्य रुपमा बयान लिने तयारी गरेको श्रोतले दाबी गरेको छ।
‘उहाँसँग पनि सोधिन्छ, तर बयान नभनी गोप्य रुपमा सोध्न सकिन्छ,’ अख्तियारश्रोतले भन्यो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस