काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० लाख घुस सहित ५ जना इन्जिनियर र एक सवारी चालकलाई पक्राउ गरेको छ।
आयोगले १५ लाख घुस लिएको अभियोगमा कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इञ्जिनीयरलाई पक्राउ गरेको छ।
बर्दियाको गेरुवा गाउँपालिकाबाट उनीहरुलाई घुसहित आज पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले पुष्टि गरे। उनका अनुसार इञ्जिनीयरत्रय कमल सिटौला, विश्वेश्वरप्रसाद साह र हरिप्रसाद चौधरीलाई पक्राउ गरिएको हो।
उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ। यस्तै आयोगले सिरहाको गोलबजार नगरपालिकाका सवइञ्जिनीयर उमा श्रेष्ठलाई रु ५० हजार घुससहित पक्राउ गरेको छ। शौचालय निर्माणको भुक्तानी सहज गरिदिने भन्दै सेवाग्राहीसँग उनले घुस मागेको आयोगले जनाएको छ। आयोगले श्रेष्ठलाई शुक्रबार पक्राउ गरेको भए पनि आज सार्वजनिक गरेको हो।
यस्तै आयोगले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजनल इञ्जिनीयर प्रकाश अधिकारीसहित तीन जनालाई पक्राउ गरेको छ।
आयोगका प्रवक्ता कोइरालाका अनुसार सिनियर डिभिजनल इञ्जिनीयर अधिकारीले विभिन्न उपभोक्ता समिति तथा अन्य कम्पनीसँग घुुस मागी बा १ झ ५२८० नंको सरकारी गाडीमा यही साउन २ गते काठमाडौँ आउँदै गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले भक्तपुरको जगातीबाट पक्राउ गरेको हो।
आयोगका अनुसार निजको साथमा रु १३ लाख ३८ हजार ५०० नगद र सोही गाडीमा रहेका जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय सिन्धुपाल्चोकका इञ्जिनीयर भोगेन्द्र साहको साथबाट एक लाख २९ हजार १०५ शङ्कास्पद नगद फेला पारेको छ।
आयोगले अधिकारी, साह र सवारी चालक खड्कालाई गाडीसहित नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस