काठमाडौँ-नेकपामा विभागको संख्यामा भागबन्डा मिले पनि कुन–कुन विभाग कसको भागमा भन्ने सबै टुंगो लाग्न सकेको छैन । त्यसैले महत्वपूर्ण केही विभागमा पूर्वएमाले र पूर्वमाओवादीका नेताको दोहोरो दाबी छ ।
स्कुलिङ विभागमा पूर्वएमालेबाट ईश्वर पोखरेल र पूर्वमाओवादीबाट नारायणकाजी श्रेष्ठको दाबी छ । पोखरेलले सुरुदेखि संगठन विभागमा दाबी गरेका थिए । तर, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालको दबाबमा वामदेव गौतमलाई जिम्मा दिएपछि पोखरेलले अहिले स्कुल विभाग रोजेका हुन् ।
पार्टी प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका श्रेष्ठले भने सुरुदेखि नै स्कुल विभागको नेतृत्व माग गर्दै आएका थिए । ‘स्कुल विभाग पूर्वएमाले पाउने कि माओवादीले भन्ने टुंगो छैन,’ श्रेष्ठले भने, ‘अबको सचिवालय बैठकले टुंग्याउँछ । सो बैठकमा मैले पनि आफ्नो दाबी राख्छु ।’ पूर्वमाओवादीको भागमा अर्थ, प्रचारलगायत विभाग छन् ।
नेकपाको केन्द्रीय सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चको नेतृत्व पनि टुंगो लागेको छ । परिषद् अध्यक्षको जिम्मेवारी पूर्वएमालेबाट केशव बडाल र मञ्चको नेतृत्व पूर्वमाओवादीबाट नन्दप्रसाद प्रसाईंले पाएका छन् । मञ्च र परिषद्मा पूर्वएमालेको एक सय २१ र माओवादीको सय सदस्य रहनेछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस