काठमाडौं-सरकारी कर्मचारीमा घुसप्रतिको आकर्षण दिन प्रतिदिन बढ्न पुगेको छ । घुस्याहा कर्मचारीका कारण सरकारको विकास र सुशासनको लक्ष्यमा समेत गम्भीर अवरोध पर्ने देखिएको छ । यु समाचार आजको राजधानी दैनिकले छापेको छ |
केही सरकारी कार्यालय घुस लिने र दिने अखडाका रूपमा विकास हुन थालेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला दिनमा सक्रियता बढाएसँगै घुस्याहा कर्मचारी पक्राउ पर्ने क्रम बढेको हो ।
घुस्याहा कर्मचारीहरूले कार्यालयपिच्छे एजेन्ट, बिचौलिया, लेखापढी व्यवसायी, ड्राइभिङ इन्स्टिच्युट, वकिल, उच्च व्यापारी र ठेकेदारमार्फत घुसको लेनदेन गर्ने गरेको अख्तियार स्रोतले जानकारी दिएको छ । घुस खाने कर्मचारीले प्रयोग गर्ने तौरतरिकासमेत फेरिँदै जान थालेकाले उनीहरूलाई पक्राउ गर्न समेत कठिन हुने गरेको अख्तियारका अनुसन्धान अधिकृतको अनुभव छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अघिल्लो आर्थिक वर्ष सुरु भएलगत्तै एउटा महŒवपूर्ण अभियान ल्यायो । जुन अभियानअनुसार प्रत्येक सरकारी कर्मचारीहरू कार्यालयमा प्रवेश गर्नुअघि घुस नखाने शपथ लिएर प्रवेश गर्नुपथ्र्यो । तर, कर्मचारीहरूले यो अभियानलाई सहजै हावा खुवाइदिए । प्रधानमन्त्री कार्यालयले पनि सशक्त अनुगमन गर्न सकेन ।
प्रधानमन्त्री कार्यालयको अभियानलाई बिर्सन पुगेका कर्मचारीले अभियानलाई उल्टाइदिँदै धमाधम घुस खाने क्रमलाई तीव्र पारे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि गत आर्थिक वर्षमा स्टिङ अप्रेसन गर्ने क्रमलाई तीव्र पा¥यो तर पनि कर्मचारीहरूले घुस खान छोडेका छैनन् । अख्तियारका अनुसार स्टिङ अप्रेसनको क्रममा पछिल्लो एक वर्षमा मात्रै १ सय ६१ जना कर्मचारी रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै अध्ययनले भन्छ, ‘गत आर्थिक वर्ष २०७५÷७६ मा रंगेहात पक्राउ पर्ने कर्मचारीको संख्या ह्वात्तै बढेको छ । अख्तियारका अनुसार सो अवधिमा १ सय ६१ जना राष्ट्रसेवक कर्मचारी रंगेहात पक्राउ परेका छन् । अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरे भन्छन्, ‘घुस खाने क्रम पहिला पनि थियो, अख्तियारको सक्रियताले उनीहरू धमाधम पक्राउ पर्दा त्यो बढेको देखिएको हो ।’
प्रमुख आयुक्त घिमिरेले अख्तियारको सक्रियता बढ्दा घुस खानेहरू पक्राउ पर्ने क्रममा वृद्धि भएकाले भ्रष्टाचार बढेको जस्तो देखिएको बताए ।
‘हाम्रो स्टिङ अप्रेसन अझै सशक्त भएर अघि बढ्ने भएकाले घुस खानेहरू अब उम्कन पाउँदैनन्,’ घिमिरेले भने । अख्तियारका अनुसार अहिले भ्रष्टाचारमा भने केही कमी आएको छ । अख्तियारको सक्रियतासँगै भ्रष्टाचारमा कमी आएको दाबी प्रमुख आयुक्त घिमिरेले गरे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस