काठमाडाैं-संगठन विभाग, स्कुल विभाग, विदेश विभाग र नीति तथा प्रतिष्ठान विभागको प्रमुखमा टुंगो लगाएको स्रोतले जनाएको छ । टुंगो लागेका चारै विभागमा पूर्व एमालेले नै नेतृत्व गर्ने सहमति भएको जनाइएको छ ।
बिहीबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पूर्वएमालेका तर्फका सचिवालय सदस्यको बैठकले सचिवालय सदस्य वामदेव गौतमलाई संगठन विभाग, अर्का सचिवालय सदस्य ईश्वर पोखरेललाई स्कूल विभागमा, सचिवालय सदस्य माधवकुमार नेपाललाई विदेश विभागको जिम्मेवारीमा र नीति अध्ययन प्रतिष्ठान विभागमा सचिवालय सदस्य झलनाथ खनाललाई दिने सहमति भएको जनाइएको छ ।
बैठकमा नेकपा अध्यक्ष केपी शर्मा ओली तथा सचिवालय सदस्यहरू माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल र विष्णु पौडेल सहभागी भएको बताइएको छ ।
नेकपामा भएका ३२ केन्द्रीय विभागमध्ये १८ वटा पूर्वएमालेले र बाँकी पूर्वमाओवादी केन्द्रले पाएको छ । चारवटा विभागले नेतृत्व पाए पनि अरु विभागमा नेतृत्वबारे छलफल भइरहेको बताइएको छ ।
साउन ५ गते बस्ने सचिवालय बैठकले यो निर्णयलाई औपचारिकता दिनेछ । सो बैठकमा पूर्व माओवादीले अर्थ र प्रचार विभाग प्रमुखको नाम प्रस्ताव गर्ने जनाइएको छ ।
३२ विभागमध्ये पूर्वमाओवादीको भागमा परेका १४ वटा विभागमा को–को पठाउने भन्ने अहिलेसम्म टुंगो लगाउन नसकेको पनि बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस