काठमाडाैं-अनेरास्ववियूले अबदेखि संस्थागत रुपमा र अखिलका नेता–कार्यकर्ताहरुले व्यक्तिगत रुपमा कुनै पनि शिक्षण संस्थाहरुबाट चन्दा नउठाउने निर्णय गरेछ । हाम्रा नेता–कार्यकर्ताले चन्दा उठाएको थाहा भएमा संगठनबाट निष्काशनसम्म गर्ने निर्णय निकै राम्रो हो । यो निर्णयलाई सफलापूर्वक कार्यान्वयनका लागि अखिलका नव नियुक्त संयोजक ऐन महरसहित निर्णयमा सहभागी सबै साथीहरुलाई विशेष शुभकामनासहित धन्यवाद ।
नयाँ नेतृत्वको अखिलले थप तीनवटा निर्णयसहित कडाइपूर्वक कार्यान्वयन गर्नुपर्नेछ
पहिलो- विश्वविद्यालयहरुबाट निजी कलेजहरुलाई सम्बन्धन दिलाउनका लागि फाइल बोकेर हिड्ने, शिक्षा व्यापारीहरुलाई निजी सम्बन्धन दिलाइदिए वापत एकमुष्ठ पैसा लिने र स्वतः त्यस्ता कलेजको सेयरसमेत पाउने विकृति विद्यार्थी आन्दोलनभित्र देखापरेको छ । यो विषयलाई पनि माथिको जस्तै अनुशासन र कारवाहीको दायरामा ल्याउनुहोला ।
दोस्रो- शिक्षक, कर्मचारी (सिविल र फौजी) को सरुवा–बढुनाका पाइल बोकेर सिहंहदरवारलगायत पावरसेन्टर धाउने, काम गराउने र त्यसवापत पैसा लिने प्रथाको अन्त्यको घोषणा ।
तेस्रो- विद्यार्थी नेता पिए बन्ने संस्कारले विद्यार्थी आन्दोलनलाई प्रतिपक्ष आन्दोलनबाट च्यूत गरेकोछ । पक्का हा कि पिए कोही न कोही हुनुपर्छ तर विद्यार्थी नेता पिए बन्ने हो भने विद्यार्थी नेतृत्वबाट राजिनामा दिएर जानुपर्ने, यदि विद्यार्थी नेता भइरहने हो भने पिए बन्न नपाउने निर्णय पनि तत्काल गर्नुहोला ।
यति मात्र गर्ने हो भने विद्यार्थी आन्दोलनमा ठूलो सुद्धिकरण हुनेछ । यसको सकारात्मक प्रभाव अन्य विद्यार्थी संघ÷संगठनममा पनि पर्ने पक्का छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस