काठमाडाैं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र डुबान प्रभावितको उद्धार तथा राहतमा लाग्न सबैसँग आग्रह गरेका छन् ।
महोत्तरीका बाढी तथा डुबान प्रभावित क्षेत्रको स्थलगत अनुगमन एवं पीडितको अवस्था बुझ्न बर्दिवास पुगेका सभापति देउवाले बिहीबार बिहान आफ्नै पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै उद्धार र राहतमा जुट्न निर्देशन दिएका हुन् ।
‘अहिले विपत्तिको समय छ, सबै आग्रह पूर्वाग्रह त्यागेर राहत तथा उद्धारमा जुट्नुहोस्,’ सभापति देउवाले कार्यकर्तालाई सम्बोधन गर्दै भने, ‘यस्तो समयमा आफ्नो र पराई भन्ने भावनाबाट मुक्त भई सेवा भावले राहत र उद्धारका काममा लाग्नुहोस् ।’
अरु सबै राजनीतिक दल, सरकारी निकाय र दातृ संस्थाबाट पनि आफूले यस्तै सेवाको अपेक्षा राखेको देउवाको भनाइ छ ।
पीडितको नाम नै संकलन गर्दा पनि कतिपय ठाउँमा तल–माथि भएको गुनासो आफूसमक्ष आएको बताउँदै सभापति देउवाले त्यस्ता गुनासा आउन नदिन सबै दलका कार्यकर्ताले उदार बन्नुपर्ने सुझाव दिए । आफू विपद् क्षेत्रको निरीक्षण र पीडितको अवस्था बुझ्न आएकाले अहिले राजनीतिक कुराबारे जिज्ञासा नराख्न पार्टी कार्यकर्ता र सञ्चारकर्मीलाई देउवाले पहिले नै आग्रह गरे ।
सभापति देउवाको निरीक्षण टोलीमा कांग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादव, आनन्दप्रसाद ढुंगाना र पार्टी जिल्ला सभापति महेन्द्रकुमार रायसहितका नेता सहभागी छन् ।
सभापति देउवाको आज बाढी र डुबानबाट अतिप्रभावित औरही नगरपालिकाको श्रीपुर, पिपरा गाउँपालिका र जिल्ला सदरमुकाम जलेश्वर पुग्ने कार्यक्रम रहेको कांग्रेस महोत्तरीका सभापति रायले जानकारी दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस