काठमाडाैं-पार्टी एकीकरण भएको १४ महिनापछि पार्टी एकीकरणको काम सम्पन्न गर्ने सहमति जुटेसँगै विभाग र संगठन विभागको प्रमुख बन्ने दौड नेकपाभित्र सुरु भएको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मंगलबार केन्द्रीय सदस्यहरुको कार्य विभाजन र विभागमा सहमति जुटेको हो । यस सहमतिसँगै पार्टी एकताको कामले पूर्णता पाउने भएको छ ।
पार्टी्भित्र सबैभन्दा शक्तिशाली मानिएको संगठन विभागको प्रमुख कसलाई बनाउने भन्ने विषय सर्वा्धिक चर्चामा छ । संगठन विभागको प्रमुखमा सचिवालय सदस्य वामदेव गौतमले दावी गर्दै आएका छन् । पछिल्लो समयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीप्रति असन्तुष्ट रहेका गौतमलाई प्रचण्डले साथ दिएका छन् ।
संगठन विभागको प्रमुखमा सचिवालय सदस्य रामबहादुर थापा र सचिवालय सदस्य ईश्वर पोखरेल पनि दौडमा रहेका छन् । तर शीर्ष नेताहरुबीच गौतमलाई संगठन विभागको प्रमुख बनाउने सहमति जुटेको बताइएको छ ।
जिल्ला इन्चार्ज,सह इन्चार्ज र विभागहरूकाे प्रमुखहरूकाे नामावली टुंगाएकाे नेकपाले साउन ५ सचिवालय बैठकबाट नामलाइ अनुमाेदन गर्नेछ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस