काठमाडाैं-अविरल वर्षा गराउने मनसुनी न्यून चापीय रेखा आजदेखि नेपालबाट हटेकाले वर्षा कम हुने अनुमान मौसमविद्ले गरेका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले उक्त रेखा बिस्तारै दक्षिणतर्फ सर्दै आजदेखि भारत प्रवेश गरेकाले अब वर्षा कम हुने जानकारी दिएकी हुन्।
‘तर त्यसो भनेर वर्षा नै नहुने भने होइन,’ उनले भनिन्, ‘मनसुनका बेला हो, वर्षा त हुन्छ नै, तर अब पहिलेजस्तो अविरल वर्षा हुने सम्भावना छैन।’
न्यून चापीय रेखा अहिले भारतको उत्तर प्रदेशतिर रहेको मौसमविद् पोखरेलको भनाइ छ। तर त्यो रेखा तलमाथि सरिरहने भएकाले पुनः नेपाल आउने सम्भावना पनि छ।
उक्त रेखा नेपालमै रहेका बेला लगातार वर्षा भएको वा हुने मौसमविद् बताउँछन्। यसअघि न्यून चापीय रेखा नेपालमै थियो भने न्यून चापीय क्षेत्र पनि सक्रिय थियो।
यी दुवै प्रणाली सक्रिय रहँदा अविरल तथा भारी वर्षा भएको हो। जसका कारण देशमा बाढीपहिरो आएर ठूलो जनधन क्षति भयो।
अब भने बाढीपहिरोको जोखिम कम रहेको मौसमविद् पोखरेलको अनुमान छ।
कस्तो छ आजको मौसम ?
माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी भेगमा सामान्य बदली छ भने मध्य र पश्चिमी भेगमा आंशिकदेखि सामान्यसम्म बदली छ।
अहिले पूर्वी भेगका थोरै स्थानहमा वर्षा भइरहेकाे महाशाखाले जनाएकाे छ।
आज पनि देशका केही स्थानमा वर्षा हुने सम्भावना छ। देशको १/२ स्थानमा भारी वर्षाकाे सम्भावना छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस