काठमाडौं-सांसदका लागि ल्यापटप खरिद गर्न लागेकाे प्रति सर्वत्र अालाेचित भएपनि संसद सचिवालय ल्यापटप किन्रे पक्रियाबाट अघि बढेकाे छ।
संघीय संसदका सदस्यहरुलाई ब्राण्डेड ल्यापटप खरिदका लागि बिक्रेताको छनोट भएको छ। संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदका लागि संघीय संसद सचिवालयले दुई करोड ८८ लाख १६ हजार १७ रुपैयाँमा ल्यापटप खरिद गर्न बिक्रेता छनौट गरेको हो।
सचिवालयले सांसदका लागि ३ सय ३४ वटा ल्यापटप खरिद गर्दैछ।संसद सचिवालयले जेठ १९ गते सार्वजनिक सूचना जारी गर्दै ब्राण्डेड ल्यापटपका लागि बोलपत्र आह्वान गरेको थियो।
काष्ठमण्डपले मूल्य अभिवृद्धिकरसहित २ करोड ८८ लाख १६ हजार १७ रुपैयाँमा बोलपत्र दर्ता गराएको थियो। यस आधारमा हेर्दा अब प्रत्येक सांसदले ८६ हजार २७५ रुपैयाँ पचास पैसाको ल्यापटप पाउने छन्।
यस्तो हुने छ ल्यापटप
संसद सचिवालयले ल्यापटप खरिदका लागि जारी गरेको बोलपत्र सम्बन्धी सूचनामा ल्यापटप ब्राण्डेड भए पनि ल्यापटपको ब्राण्ड भने विडरले निर्धारण गर्न सक्ने उल्लेख छ।
ल्यापटपको आठौँ जेनेरशन इन्टेल कोर आइ फाइभ प्रोसेसर सहितको हुने छ। त्यस्तै ल्यापटपको स्टोरेज क्षमता ८ गिगाबाइट र्याम डीडीआर ४ मेमोरीको हुने छ। त्यस्तै प्राइमरी स्टोरेज २ सय ४० गिगाबाइट एसएसडी एम २ अथवा त्यसभन्दा माथिको हुनेछ।
ड्युल ब्याण्ड वायरलेस (८०२.२२ एसी) ब्लुटुथसहित हाइक्वालिटी स्पिकर र एचडी भिडियो क्याम हुनुपर्ने बोलपत्रमा उल्लेख छ।त्यस्तै १२.४ देखि १३.५ एफएचडी डिस्प्ले स्क्रिन, युसबी ३.० एचडीएमआई, ब्लाकलिट किबोर्ड र प्रि इन्सटल विण्डोज १० प्रो जेनुइन हुनुपर्ने बोलपत्र विवरणमा उल्लेख छ। त्यस्तै ल्यापटप एक वर्षको वारेन्टीसमेत तोकिएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस