काठमाडाैं-अविरल परेकाे वर्षाले देशका अधिकांश भाग जलमग्न भएकाे छ । वर्षाका कारण ठूलाे मात्रामा धनजनकाे क्षति भएकाे छ।
बिहीबार देखि परेकाे पानीले हालसम्म १७ जनाकाे मृत्यु भएकाे छ भने दर्जन बढी बेपत्ता भएका छन्।
रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर, ललितपुर, काठमाडौं, खोटाङ, सिन्धुली, धादिङ मकवानपुर र पर्सामा गरी १७ जनाले जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार सबैभन्दा बढी काठमाडौं र खोटाङमा ३/३ जनाले ज्यान गुमाएका छन् ।
काठमाडौंको मुलपानीमा ढिस्को खसेर घर भत्कँदा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३५ वर्षीया शर्मिला यादव उनका १० वर्षीय छोरा कुन्दन र मितु यादव छन्। बारा घर भएका उनीहरु मुलपानी बस्दै आएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले बताए।
गृह मन्त्रालयका अनुसार खोटाङमा एकै परिवारका ३ जनाको मृत्यु हुनाका साथै १ जना घाइते भएका छन्। मृत्यु हुनेमा खोटाङ गाउँपालिका-२ का रेखा राई, रोमन राई र रोहन राई छन्। घरमै रहेका बेला पहिरोले पुरिएका बेपत्ता उनीहरुको शव फेला परेको हो। सोही पहिरोमा परेका ३० वर्षीय विष्णुकुमार राई घाइते भएका र उनको उपचार भइरहेको गृह मन्त्रालयले जनाएको छ।
यस्तै काभ्रेमा हजुरआमा र नातिनीको मृत्यु भएको छ। काभ्रेको बनेपास्थित नालामा पहिरोले घर भत्काउँदा एकै परिवारका दुईको मृत्यु भएको हो। मृत्यु हुनेमा ५० वर्षकी गोमा दंगाल र ७ वर्षीया सोहनी दंगाल छन्। घटनामा ३० वर्षीय सुशीला दंगाल र तीन महिनाकी बालिका अनुष्का दंगाल भने घाइते भएका काभ्रेका एसपी जयराम सापकोटाले बताए।
भोजपुरमा पनि २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रामप्रसाद राई गाउँपालिका-७ का ६६ वर्षीय जगतबहादुर राई र टेम्केमैयुङ गाउँपालिका-९, लेखर्कका १४ वर्षीय जनक बिक छन्। राईको पानीको भेल घरभित्र पस्दा पर्खाल भत्किँदा च्यापिएर, बिकको शौच गर्ने क्रममा पहिरोले पुरिएर मृत्यु भएको हो।
यता ललितपुरको बागमती गाउँपालिका-२, बगुवाका ११ वर्षीय सुरज जिम्बा पहिरोमै पुरिएर मृत्यु भएको छ। सोही गाउँपालिकाको वडा नम्बर ३ मा गुडिरहेको बा४ख ८६४ नम्बरको गाडीमा ढुंगा खस्दा ३५ वर्षीय दीपक घले घाइते भएका छन्।
मकवानपुर, सिन्धुली, पर्सा र धादिङमा पनि एक/एक जनाको मृत्यु भएको छ।
उता, जनकपुर-महोत्तरीको रातो खोलामा आएको बाढीले आज बिहान एक वृद्धलाई बगाएको छ। बलवा नगरपालिका–२ का ७० वर्षीय हनिफ बैठालाई रातो खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिएका छन्।
मोरङ, सुनसरी, इलाम र पाँचथरमा पनि एक/एक जना बेपत्ता भएका गृह मन्त्रालयले जनाएको छ।
विभिन्न ठाउँमा ४ सय घरपरिवार विस्थापित भएका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस