काठमाडाैं- नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला चढेको गाडी शुक्रबार दिउँसो टेकुको बाग्मती सडक करिडोरमा डुबेको छ ।
त्रिपुरेश्वरबाट बाग्मती करिडर हुँदै पार्टी केन्द्रीय कार्यालय सानेपा जाँदै गर्दा डा. कोइरालाको बा१७च ६६६४ नम्बरको गाडी टेकुबाट सानेपा जाने पुलमुनिको बाटोमा डुबेको हो ।
‘पार्टी केन्द्रीय कार्यालय जाँदा सधै त्यही बाटो भएर गइन्थ्यो,’ महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले भने, ‘पुलमुनि ढलान गरेको थियो, गाडी पार हुन्छ भनेर ड्राइभरले पुलमुनिबाटै गाडी लगे तर बीच भागमा पुगेपछि स्टार्ट नै बन्द भयो । अनि, हामी अरु गाडी मगाएर बाहिर निस्कियाैं ।’
गाडी डुबेपछि महामन्त्री कोइराला, सहयोगी तिवारी र ड्राइभर डुब्नबाट बचेका थिए । घाँटीसम्मको पानीमा डुबेका कोइराला महाराजगन्ज फर्किएका थिए । कोइरालाको सवारी भने बिग्रिएकाले ग्यारेजमा लगिएको छ ।
बाढीका कारण देशभर नाै जनाको मृत्यु भइसकेको छ भने थुप्रै घाइते भएको प्रहरीले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस