काठमाडाैँ-बिगत तीन देखिको अविरल वर्षाका कारण बाढी पहिरो जाँदा देशका विभिन्न स्थानमा राजमार्ग चल्न सकेका छैनन् ।
पहिरोकै कारण बीपी राजमार्ग अन्तर्गत गोलन्जोर र सुनकोशी गाउँपालिकामा पहिरो गएका कारण पूर्ब जाने साना ठुलो सवारी साधन चल्न सकेका छैनन |
वर्षा कै कारण आएको बाढीले पूर्वपश्चिम राजमार्ग बन्द भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत राैतहटमा राजमार्गमै बाढी पसेपछि राजमार्ग अवरुद्ध भएको हो । बाढी हटाएर आवगमन सुचारु गर्न प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा बाटो बन्द भपछि पहिरो हटाएर एकतर्फीमात्रै गाडी सञ्चालन भइरहेको छ । यो सडक खण्डको सत्र किलोमा बिहीबार राति १० बजेतिर पहिरो खसेको हो । ठूलो पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ ।
अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका जलमग्न भएको छ ।
वर्षाले नगरका सडक जलाशयमा परिणत भएको छ भने उपनगरपालिकाको घर-घरमा पानी पसेको छ ।
निकास नभएका कारण जनकपुरधामस्थित सरकारी कार्यालय डुबानमा परेको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वन कार्यालय, आन्तरिक राजश्व कार्यालय, राष्ट्रिय समाचार समिति, हुलाक कार्यालय, वन निर्देशनालयलगायतका कार्यालय परिसरमा तीन फिटसम्म पानी जमेको छ ।
यस्तै बुटवलबाट पाल्पा जाने, लमजुङबाट मनाङ जाने तथा भोजपुरबाट धरान जाने बाटो बन्द भएको प्रहरीले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस