काठमाडौं-कृषि तथा पशुपंछी मन्त्री चक्रपाणी खनालले विषादी रोक्ने भारतीय पत्रको परराष्ट्र मन्त्रालयमा आएकाले जवाफ पनि परराष्ट्रले दिनुपर्ने बताएका छन्।
राजधानीमा भएको एक कार्यक्रममा मन्त्री खनालले भने,‘त्यो पत्र परराष्ट्र मन्त्रालयमा आएको हो । हामीलाई पनि बोद्यार्थ थियो । यो पत्र भनेको दुई देशबीचको सम्बन्धको कुरा हो, डब्लुटिओ अनुसार पत्र आएको हो । यो सामान्य पत्र हो । तर, यसको जवाफ हामीले भन्दापनि परराष्ट्रले दिनुपर्छ।’
उनले विषादी चेकजाँच गर्ने निर्णयबाट सरकार किन ब्याक भयो ? भनेर चौतर्फी कुरा उठेको सुनाउँदै निर्णयमा नाकामा चेकजाँच भन्ने शब्द राख्दा समस्या भएको सुनाए । उनले थपे,‘अन्तर्रा्ष्ट्रिय प्रचलनअनुसार पनि नाकामा चेकजाँच हुँदैन । र, अहिले हामीसँग भएका ल्यावहरुलाई हामी छिट्टै अन्तर्रा्ष्ट्रियस्तरको बनाउँछौं ।’
अहिलेपनि अर्गानो फोस्फेट र कार्वोनोमेट दुई वटा विषादी परीक्षण हुने गरेको मन्त्री खनालले सुनाए । परीक्षण हुन नसक्नेलाई काठमाडौंमा ल्याउन सकिने उनको भनाई छ । हरेक कुरामा विषादीमात्रै छ भनेर देख्ने तरिका पनि वैज्ञानिक नभएको उनले गुनासो पोखे । ०७१ साल यताको रेकर्ड हेर्दा ग्रिन जोनभन्दा तल धेरै कम मात्रामा रहेको उनले डाटा सुनाए ।
काठमाडौं उपत्यकाबाहिर अहिलेपनि ६/७ वटा ल्याबहरु रहेका मन्त्री खनालले सुनाए । उनले भने,‘तर, ती सबै ल्याबहरु अहिले सञ्चालनमा छन् भनेर म भन्दिन् । भएका ल्याबहरु सञ्चालन गर्न म्यानपावरको समस्या छ ।’ तीन दीन अघि संसदमा बोल्ने क्रममा उद्योग,वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवले केन्द्रमा मात्रै विषादी परिक्षण गर्ने प्रयोगशाला रहेको बताएका थिए। परिक्षणका लागि ल्याव भएको जनाएका मन्त्री खनाल र प्रयोगशाला नै नभएको यादवको अभिव्यक्ति फरक फरक आएको छ।
सर्वोच्च अदालतले हिजोमात्रै विषादी परीक्षण नरोक्न दिएको आदेश आफूहरुले पालना गर्नेपनि उनले विश्वास दिलाए । उनले भने,‘अहिले हामीसँग भएका सबै ल्याव र साधन र स्रोत परिचालन गरेर हामी परीक्षणको काम गर्छौं।’
मन्त्री खनालले भारतलगायत तेश्रो मुलुकबाट नेपाल आयात गरिने फलफुल तथा तरकारीको एकीकृत विषादी परीक्षणको काम सुरु गर्न कम्तिमा ६ महिना लाग्ने स्पष्ट पारे । केन्द्रीय प्रयोगशालाले २९ वटा विषादीका समुहको परीक्षण गर्ने भएपनि बाकीमा २ वटा प्यारामिटर मात्रै चेक हुँदै आएको उनले स्पष्ट पारे।
चेकजाँच गर्ने सरकारको निर्णय कार्यान्वयका लागि आफुले खाद्य, पशु र प्लान क्वारेन्टाईन अन्र्तगतका १४ वटा क्वारेन्टाईन थप निर्माण गर्नुको साथै ३ सय १२ जना कर्मचारी थपेर व्यवस्थित बनाउने काम गरेको स्पष्ट पारे।
उनले आफ्नो कुनैपनि मन्त्रालयसँग समस्या नरहेको स्पष्ट पारे । उनले भने,‘हामीमा कुनै समस्या छैन । हामी अदालतको निर्णय मान्छौं ।’ अहिलेपनि चेकजाँचको काम नरोकिएको उनले स्पष्ट पारे । अहिले २१ वटा विषादीमा प्रतिबन्ध गरिएको उनले सुनाए । विषादी ऐन अन्तिम अवस्थामा रहेको सुनाउँदै छिट्टै कार्यान्वयनमा आउने उनको विश्वास छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस