काठमाडाै-नेकपाले जिल्ला इन्चार्ज–सहइन्चार्ज भागबन्डा जिल्ला कमिटी पदाधिकारी चयनकै मापदण्डका आधारमा गर्ने भएको छ।
साविक एमाले-माओवादीकै जिल्ला इन्चार्ज रहेका केन्द्रीय सदस्यलाई नै इन्चार्ज/सह–इन्चार्ज बनाउने गरी केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने तयारी नेकपाले गरेको हो।
यो मापदण्डमा अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच समझदारी जुटिसकेको छ।
अध्यक्षद्वय ओली र दाहालले यसअघि जिल्ला इन्चार्जको कार्यविभाजनका लागि तयार पारेको प्रस्तावमा नेपालले असहमति जनाइ दोहोरो जिम्मेवारी दिन नहुने पक्षमा अडान लिएपछि साविक कमिटीकै इन्चार्ज रहेका केन्द्रीय सदस्यलाई नै जिल्ला इन्चार्ज बनाउने गरी समझदारी जुटेको हो। तर यसको औपचारिक निर्णय भने वरिष्ठ नेता नेपाल स्वदेश फर्केसँगै बस्ने सचिवालय बैठकबाट लिनेछ। नेता नेपाल श्रीलंका भ्रमणमा छन्।
अहिले समझदारी जुटाएको विधिका आधारमा कार्यविभाजन गर्दा जनप्रतिनिधि वा अन्य जिम्मेवारीमा रहेका केन्द्रीय नेता पनि पार्टी जिल्ला इन्चार्ज-सहइन्चार्जको जिम्मेवारीमा आउन सक्ने छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस