काठमाडाै- नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच पार्टीको १४औं महाधिवेशन कहिले गर्ने भन्नेमा विवाद भएको छ। पार्टी विधानको व्यवस्थाअनुसार चार वर्षभित्रै १४औं महाधिवेशन हुनुपर्ने भन्दै केन्द्रीय समितिको पहिलो अजेन्डा महाधिवेशन हुनुपर्ने असन्तुष्ट पक्षको अडानपछि शीर्ष नेताहरुबीच विवाद उत्पन्न भएको हो।
नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्षले बैठकको मुख्य अजेन्डा नै महाधिवेशन र त्यसको तयारी हुनुपर्ने अडान राखेपछि आइतबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक साँझ औचारिकता दिएर सकिएको छ। पार्टी पदाधिकारी र पूर्वपदाधिकारीबीच लामो छलफलपछि साँझ १४बुँदे अजेन्डा तयार गर्दै केन्द्रीय समितिको बैठक स्थगित भएको छ। चैत ५ गतेपछि बोलाइएको केन्द्रीय समिति बैठकमा महाधिवेशनको विषयले प्रवेश नपाए सहभागी नहुने अडान असन्तुष्ट पक्षले राखेपछि बैठक बस्न ढिला भएको हो।
शीर्ष नेताबीच लामो छलफलपछि असन्तुष्ट पक्षको माग समेट्दै केन्द्रीय समितिको १४बुँदे अजेन्डा तय भएको छ। उक्त अजेन्डालाई केन्द्रीय समितिको बैठकमा पेस गरेर आइतबारको बैठक स्थगित भएको छ। पार्टी नियमावलीसहित अन्य विषयमा अध्ययनका लागि समय दिने भन्दै असार २७ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ।
केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले पार्टी नियमावली र संक्रमणकालीन व्यवस्थाअनुसार संरचनाहरु गठनपछि १४औं महाधिवेशनको प्रक्रिया सुरु गर्नेसहितका १४बुँदे अजेन्डा तय गरेको जानकारी दिए। ‘शीर्ष नेताहरुबीचको छलफलमा लामो समय लागेकाले आज (आइतबार) को बैठकमा अजेन्डामात्र पेस भयो,’ घिमिरेले भने, ‘२७ गतेको बैठकमा सबै विषयमा छलफल हुँदै जानेछ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस