काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक नजिकिँदै गर्दा संस्थापन इतरका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।
आफ्नो समूहको साझा रणनीति तयार गर्ने उद्देश्यका साथ नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् ।
मंगलबार साँझ काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, नेताहरु कृष्ण प्रसाद सिटौला, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी र सुजाता कोइरालाबीच छलफल भएको छ ।
काँग्रेस नुवाकोटका जिल्ला सभापति जगदीश्वरनरसिंह केसीको गोंगबुस्थित निवासमा भएको छलफलमा समसामयिक राजनीतिक अवस्था, २२ गते बस्ने पार्टीको केन्द्रीय कार्यसमितिको बैठक र विधानका विषयमा केन्द्रीत रहेर विचारविमर्श भएको थियो ।
यस्तै प्रदेशदेखि वडासम्मको नेतृत्व निर्वाचन पद्धतिमार्फत चयन गरिनुपर्ने, समयमै अधिवेशन गर्नका लागि नेतृत्वले पहल गर्नुपर्ने, नेविसंघ लगायत भातृ र शुभेच्छुक संस्थाको पनि तदर्थ समिति नभई निर्वाचनबाटै नेतृत्व चयन गरिनुपर्नेमा नेताहरुबीच समझदारी बनेको छ । यही विषयलाई केन्द्रीय समितिमा जोडतोडले उठाउने बारे पनि नेताहरुबीच समझदारी बनेको एक नेताले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस